यौन मनोविज्ञानमा केन्द्रित फिल्म ‘जुलेबी’ को ट्रेलर सार्वजनिक

यौन मनोविज्ञानमा केन्द्रित फिल्म ‘जुलेबी’ को ट्रेलर सार्वजनिक : Icon Khabar

काठमाडौं, साउन २२ । यही भदौ १ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘जुलेबी’ को ट्रेलर सार्वजनिक गरिएको छ ।

दुई मिनेट लामो ट्रेलरले दर्शकलाई थप कौतुहल बनाउने देखिएको छ । ट्रेलरमा समावेश गरिएका दृष्यले यो फिल्म यौन मनोविज्ञानमा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ ।

फिल्मका लेखक तथा निर्देशक गणेश देव पाण्डेका अनुसार यो फिल्मका पात्रहरुलाई रत्नपार्कले जोड्छ । फिल्मको कथा सात जना पात्रहरुको सम्बन्धको वरिपरि घुमेको छ ।

फिल्मका लेखक तथा निर्देशकले यो फिल्म आफ्नो जीवनको भोगाइबाट उत्पन्न भएको कथा आधारित भएको बताएका छन् ।

चार जना महिला पात्रको कथा रहेको फिल्मको निर्माता पनि महिला नै हुन् । महिलाले भोग्ने सम्बन्धको कथा नै फिल्मले बोल्ने निर्माता आभा शर्मा नेपालले बताइन् ।

कार्यकारी निर्माता नवीन भट्ट रहेको यो फिल्मत्र फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको हो, जसमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ ।

विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको फिल्मको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ ।

https://youtu.be/fNzMj7YgRLI

Published Date: 07 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी