आज गोलभेँडा प्रतिकेजी रू १५०, केरा दर्जनको १४० रुपैयाँ

आज गोलभेँडा प्रतिकेजी रू १५०, केरा दर्जनको १४० रुपैयाँ : Icon Khabar

काठमाडौं, साउन २२ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

जसअनुसार आज सोमबार नेपाली ठूलो गोलभेँडाको मूल्य आइतबारको तुलनामा प्रतिकेजी १० रुपैयाँले घटेको छ । नेपाली ठूलो गोलभेँडा आज न्युनतम मूल्य प्रतिकेजी १५० रुपैयाँमा बिक्रि भईरहेको छ । लोकल सानो गोलभेँडाको मूल्यभने ७० रुपैयाँ कायम भएको छ ।

हिजोको तुलनामा भटमास कोशा, मकै बोडी, हरियो फर्सी लगायतका तरकारीको मूल्य न्युनतम भने १० रुपैयाँले बढेको छ ।

रातो आलुको न्यूनतम मूल्य दुई रुपैयाँले बढेर प्रतिकेजी न्युनतम मूल्य ५० रुपैयाँ पुगेको छ । स्थानीय काउली ६० रुपैयाँ प्रतिकेजीमा पाइने छ । गाजरको मूल्य प्रतिकेजी एक सय रुपैयाँमा विक्रि भएको छ भने घिउ सिमी लोकल ३०, मुला रातो ४०, भन्टा लाम्चो ३०, मकै बोडी ६०, भटमास कोशा ८० रुपैयाँ तोकिएको छ ।

त्यस्तै तीते करेला ३०, लौका ४०, परवल ३५, घिरौला २०, फर्सी पाकेको ४०, हरियो फर्सी ७०, कन्ने च्याउ १५०, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, रुपैयाँ प्रतिकेजीमा खरीद–बिक्री भैरहेको छ ।

यस्तै रायोको सागमा मूल्य केही घटेर आएको छ । हिजो प्रतिकेजी ९० रुपैयाँ रहेको रायोको साग आज ८० रुपैयाँ मूल्य निर्धारण गरिएको छ । तोरीको साग प्रतिकेजी १० रुपैयाँले बढेर ५० पुग्दा हरियो प्याज पनि ८० रुपैयाँ न्युनतम मूल्य तोकिएको छ ।

समितिका अनुसार आज फलफूमा केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य प्रतिकेजी ३२० छ । कागती १३०, अनार ३००, आँप मालदह १८०, तरबुजा हरियो ७०, मौसम १६०, किवि ७००, मेवा ८० रुपैयाँ र नासपाति लोकल ८० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।

Published Date: 07 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी