दोहोरो कर लगाउने निर्णय फिर्ता लिन स्थानीय तहलाई आपूर्तिमन्त्री रिजालको आग्रह

दोहोरो कर लगाउने निर्णय फिर्ता लिन स्थानीय तहलाई आपूर्तिमन्त्री रिजालको आग्रह : Icon Khabar

बारा, साउन २१ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले बारा र पर्सा जिल्लाका स्थानीय तहलाई कच्चा पदार्थमा स्क्र्याप बस्तु करको नाममा लगाइएको कर खारेज गर्न आग्रह गरेका छन् ।

जितपुर सिमरा उद्योग वाणिज्य संघको छैठौं स्थापना दिवसका अवसरमा शनिबार सिमराको जीतपुरमा आयोजित कार्यक्रममा मन्त्री रिजालले स्थानीय तहले कर नहटाए संघीय सरकारले आवश्यक कदम चाल्ने चेतावनी दिए ।

उद्योगी–व्यवसायीले आफ्नो आम्दानीबाट आयकर तिर्ने गरे पनि स्थानीय तहले एकीकृत सम्पत्ति कर लगाएर पनि दोहोरो कर उठाउने गरेको भन्दै दोहोरो कर लगाउने निर्णय फिर्ता लिन स्थानीय तहलाई आग्रह गरे ।

मन्त्री रिजालले भने, ‘सरकारले निजी क्षेत्रको साझेदारीमा जीर्ण उद्योग सञ्चालन गर्ने र सहुलियत मूल्यमा जग्गा भाडामा दिएर विशेष आर्थिक क्षेत्रमा उद्यमीलाई आकर्षित गर्ने योजना बनाएको छ ।

उनले निर्यातमुखी उद्योग स्थापना गर्न जग्गा निःशुल्क उपलब्ध गराउन सकिने बताए ।

त्यसैगरी, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अनिलकुमार अग्रवाल, नेपाल भारत सहयोग मञ्चका अध्यक्ष अशोक दास, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अशोक दास, एफएनसीसीआई मधेस प्रदेश अध्यक्ष डा सुबोधकुमार गुप्ता, अशोक टमाटालगायतको उपस्थिति रहेको थियो । जितपुर सिमरा उद्योग वाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा अन्यले उद्योगले भोग्नुपरेका समस्याका बारेमा चर्चा गरेका थिए ।

Published Date: 06 August 2023


ताजा
साताको पहिलो कारोबारमा नेप्से सामान्य ओरालो, कारोबार रकममा उल्लेख्य वृद्धि
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ सुरु, सयौं साइकलयात्रीको सहभागिता