माओवादी केन्द्रको बैठक आज सकिँदै : अध्यक्ष प्रचण्डले जवाफ दिंदै

माओवादी केन्द्रको बैठक आज सकिँदै : अध्यक्ष प्रचण्डले जवाफ दिंदै : Icon Khabar

काठमाडौं, साउन २१ । सत्तारुढ नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति वैठक आज (आइतबार) सकिने भएको छ । प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सबै केन्द्रीय सदस्य र पदाधिकारीको आज (आइतबार) एकमुष्ट जवाफ दिने भएका छन् । बुधबारदेखि प्रज्ञा भवन कमलादीमा जारी केन्द्रीय समिति बैठकमा चार दिनसम्म २२१ जना नेताले आफ्ना धारणा राखेका छन् ।

आफ्नो धारणा राख्न नभ्याउने नेतालाई लिखित रूपमा बुझाउन निर्देशन दिइएको छ । पार्टी प्रवक्ता कृष्णबहादुर महराले आइतबार दिउँसो १ बजे अध्यक्ष प्रचण्डले जवाफ दिएपछि बैठक समापन हुने जानकारी दिएका छन् । पार्टी अध्यक्ष प्रचण्ड आफैले चार दिनसम्म नेताहरूले राखेको धारणा एक–एक गरी कापीमा टिपोट गरेका छन् । धैर्यसाथ सुन्दै उनले सबैको महत्वपूर्ण सुझाव, आलोचना र टिप्पणी संकलन गरेका छन् । केन्द्रीय सदस्यहरूले राखेका धारणा प्रधानमन्त्रीको सचिवालयले समेत संकलन गरेको छ । पार्टीका उपमहासचिव वर्षमान पुनले केन्द्रीय सदस्यहरूले राखेको धारणालाई राजनीतिक दस्तावेजमा समेटिने बताएका छन् ।

‘सदस्यहरूले बोलेका विषयलाई राजनीतिक प्रतिवेदनमा संशोधन गरेर समेटिने छ’, उनले भने, ‘यो प्रतिवेदनसाथ तीन महिने राजनीतिक अभियान लिएर जनतामा जाने छौँ । त्यसपछिको अभियान सकिएलगत्तै विधान सम्मेलन गरेर पार्टीलाई विधान र विधिमा चलाउने छौं ।’

उनले पार्टी र नेता विधान अनुसार सञ्चालन हुने उल्लेख गर्दै अध्यक्ष प्रचण्डले जति पनि प्रश्न उठेका छन्, त्यसको सकारात्मक रूपमा लिएको बताए । उनले भने, ‘बैठकमा उठेका प्रश्नको अध्यक्षसहित हामी सबैले सकारात्मक रूपमा लिएका छौं । यसलाई पार्टी रूपान्तरणका अवसरका रूपमा लिएका छौं । यसलाई सकारात्मक ऊर्जाका रूपमा लिएर जनतामा जाने राम्रो वातावरण बनाउने छौं ।’ बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग