म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित : Icon Khabar

काठमाडौं, साउन २१ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब आरसी लेन्सलाई पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलको पहिलो हाफमा १-० ले पछि परेको स्थितिबाट दोस्रो हाफमा पुनरागमनका साथ युनाइटेडले ३-१ को जित दर्ता गरेको हो । युनाइटेडका लागि मार्कस रासफर्ड, एन्टोनी र क्यासेमिरोले १-१ गोल गरे ।

लेन्सले खेलको २३ औं मिनेटमा फ्लोरियन सोटोकाको गोलमा अग्रता लिएको थियो । मैदानको मध्यभागबाट उनले गरेको प्रहारमा गोलरक्षक आन्द्रे ओनाना बिट भएका थिए । मिडफिल्डमा युनाइटेडले बल फुस्काएपछि सोटोकाले सिधै पोस्टमा प्रहार गरेका थिए ।

दोस्रो हाफको ४९ औं मिनेटमा युनाइटेडले बराबरी गोल फर्कायो । एन्टोनीको पासमा रासफर्डले पेनाल्टी क्षेत्रबाट फिनिस गर्दै खेललाई १-१ को स्थितिमा ल्याए ।

त्यसको ४ मिनेटपछि नै एन्टोनीले आफैं गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । क्यासेमिरोले ५९ औं मिनेटमा अर्को गोल थप्दै युनाइटेडको जित पक्का गरे ।

युनाइटेडले अब भोली मैत्रीपूर्ण खेलमा एथ्लेटिक बिल्बाओसँग खेल्नेछ । त्यसपछि टोलीले अगस्ट १५ मा लिगको पहिलो खेलमा वल्भ्सको सामना गर्नेछ । –एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 06 August 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने