म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

म्यानचेस्टर युनाइटेडको पुनरागमन जित : Icon Khabar

काठमाडौं, साउन २१ । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले प्रि-सिजनको मैत्रीपूर्ण खेलमा फ्रान्सेली क्लब आरसी लेन्सलाई पराजित गरेको छ ।

घरेलु मैदान ओल्ड ट्राफर्डमा भएको खेलको पहिलो हाफमा १-० ले पछि परेको स्थितिबाट दोस्रो हाफमा पुनरागमनका साथ युनाइटेडले ३-१ को जित दर्ता गरेको हो । युनाइटेडका लागि मार्कस रासफर्ड, एन्टोनी र क्यासेमिरोले १-१ गोल गरे ।

लेन्सले खेलको २३ औं मिनेटमा फ्लोरियन सोटोकाको गोलमा अग्रता लिएको थियो । मैदानको मध्यभागबाट उनले गरेको प्रहारमा गोलरक्षक आन्द्रे ओनाना बिट भएका थिए । मिडफिल्डमा युनाइटेडले बल फुस्काएपछि सोटोकाले सिधै पोस्टमा प्रहार गरेका थिए ।

दोस्रो हाफको ४९ औं मिनेटमा युनाइटेडले बराबरी गोल फर्कायो । एन्टोनीको पासमा रासफर्डले पेनाल्टी क्षेत्रबाट फिनिस गर्दै खेललाई १-१ को स्थितिमा ल्याए ।

त्यसको ४ मिनेटपछि नै एन्टोनीले आफैं गोल गर्दै युनाइटेडलाई अग्रता दिलाए । क्यासेमिरोले ५९ औं मिनेटमा अर्को गोल थप्दै युनाइटेडको जित पक्का गरे ।

युनाइटेडले अब भोली मैत्रीपूर्ण खेलमा एथ्लेटिक बिल्बाओसँग खेल्नेछ । त्यसपछि टोलीले अगस्ट १५ मा लिगको पहिलो खेलमा वल्भ्सको सामना गर्नेछ । –एजेन्सी

Published Date: 06 August 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु