अन्तरिक्षमा नासाले फेला पार्‍यो ४६ वर्ष पुरानो स्पेश यान

अन्तरिक्षमा नासाले फेला पार्‍यो ४६ वर्ष पुरानो स्पेश यान : Icon Khabar

न्युयोर्क, साउन २०। अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अन्तरिक्षमा हराएको आफ्नो यानसँग सम्पर्क गरेको छ ।

जसका कारण नासाले अब राहतको सास फेरेको छ । वास्तवमा भ्वाएजर–२ अन्तरिक्ष यानसँग नासाको सम्पर्क २१ जुलाईदेखि नै टुटेको थियो । अन्तरिक्षयानसँग फेरि सम्पर्क हुन सक्ने आशा कमै थियो। यसको मुख्य कारण पृथ्वीबाट भ्वाएजर–२ को दूरी १९ अर्ब ९० करोड किलोमिटर रहेको थियो । हाल यो हाम्रो सौर्यमण्डल बाहिर बाहिरी अन्तरिक्षमा घुमिरहेको छ।

नासाका वैज्ञानिकहरूले पृथ्वीबाटै भ्वाएजर २ सञ्चालन गर्छन्। सन् १९७७ मा प्रक्षेपण गरिएको यो अन्तरिक्ष यान सञ्चालन गर्दा गलत आदेशका कारण सम्पर्क टुटेको थियो । सो गलत आदेशको कारण अन्तरिक्ष यानले आफ्नो एन्टेना दुई डिग्री घुमाए र त्यसपछि यो गायब भयो।

यद्यपि, यसको खोजको खबर मंगलबार आएको थियो जब अन्तरिक्षबाट पृथ्वीमा एउटा बेहोसी संकेत मिल्यो । तर त्यसपछि पृथ्वीवाट पठाईएको इंटरस्टेलर शाउटसँग ३७ घन्टा पछि पृथ्वीबाट भ्वाएजर २ लाई सम्पर्क गर्न शक्तिशाली कमाण्ड पठाइयो र सम्पर्क स्थापित भयो।

वास्तवमा गत अक्टोबरमा स्वचालित रूपमा यसको एन्टेना सीधा गर्न लागिरहेको थियो। यही कारणले गर्दा नासाले अक्टोबरअघि अन्तरिक्ष यान सम्पर्क गर्न नसक्ने अनुमान गरेको थियो । तर,  ‘इन्टरस्टेलर शाउट’ पठाएको ३७ घण्टापछि मिसन नियन्त्रकहरूले पृथ्वीबाट अर्बौं किलोमिटर टाढा अन्तरिक्षमा हराएको ४६ वर्ष पुरानो भ्वाएजर–२ अन्तरिक्ष यान सम्पर्क भएको जानकारी दिएका छन् ।

भ्वाएजर २  परियोजना प्रबन्धक सुजेन डोडले समाचार एजेन्सी एएफपीलाई बताइन् कि कर्मचारीहरूले सबैभन्दा शक्तिशाली ट्रान्समिटर मार्फत सन्देश अन्तरिक्ष यानलाई पठाए। यसका लागि उत्तम अवस्थाहरू पर्खिएको थियो, ताकि जब आदेश पठाइन्छ, भ्वाएजर २ ले आफ्नो एन्टेना सीधा गरेर पृथ्वीसँग सम्पर्क गर्न सक्छ। सम्पर्क गुमाए देखि भोयाजरबाट कुनै डाटा प्राप्त भएको थिएन ।

अन्तरिक्ष एजेन्सीले दुई सातापछि फेरी भोयाजर–२ बाट डाटा प्राप्त भएको पुष्टि गरेको छ । अन्तरिक्ष यान सामान्य रूपमा चलिरहेको छ। भ्वाएजर–२ लाई मिसनका लागि पठाइएका विज्ञान उपकरणले पुनः एकपटक पूरा गर्दै जाने नासाले आशा व्यक्त गरेको छ । भ्वाएजर २ हेलियो स्फियरमा सञ्चालन भइरहेको छ। यो हाम्रो सौर्यमण्डलभन्दा बाहिरको क्षेत्र हो। भ्वाएजर २ यति टाढा पुग्ने दोस्रो मानव निर्मित अन्तरिक्ष यान हो, पहिलो अन्तरिक्ष यान भ्वाएजर १ हो, जुन २०१२ मा यहाँ पुगेको थियो।

Published Date: 05 August 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता