नेपाली अदुवाको अन्तर्राष्ट्रिय व्यापार १० वर्ष यताकै उच्च

आयात भने घट्दै, तर सन्तुष्ट छैनन् व्यवसायी

नेपाली अदुवाको अन्तर्राष्ट्रिय व्यापार १० वर्ष यताकै उच्च : Icon Khabar

काठमाडौँ, साउन २० । अदुवा उत्पादनमा नेपाल विश्वमा चौंथो स्थानमा पर्दछ । अलैंचीपछि सर्वाधिक विदेश निर्यात हुने नेपाली कृषिजन्य उत्पादन मध्ये अदुवा पनि एक हो । पछिल्लो समयमा अदुवा निर्यात बढ्दै गएको छ । सरकारी आकँडा यसको अन्तर्राष्ट्रिय बजार पनि बढ्दै गएको देखिन्छ ।

गत आर्थिक वर्ष २०७९/८० मा मात्रै नेपालबाट १ अर्ब २२ करोड २२ लाख रुपैयाँ बढीको अदुवा बाहिरिएको छ । जुन, पछिल्लो १० वर्ष यताकै उच्च निर्यात हो । भन्सार विभागको तथ्याङ्क अनुसार अघिल्लो आवको तुलनामा गत वर्ष ९०.५४ प्रतिशतले अदुवा निर्यात बढेको हो । गत आवमा २३ हजार १३ मेट्रिक टन अदुवा नेपालबाट बाहिरिएको छ ।

अघिल्लो आवमा भने ६४ करोड १४ लाख रुपैयाँ बराबरको ११ हजार ९५८ मेट्रिक टन बढी अदुवा निर्यात भएको थियो । नेपालमा उत्पादित अदुवा भारत, बंगलादेश, नेदरल्याण्ड, जापान, जमर्नी, यूएई, कतार लगायतका मुलुकमा पुग्ने गरेको छ ।नेपालमा उत्पादित अदुवा अन्य देशको तुलनामा गुणस्तरयुक्त हुने भएकाले पनि यसको निर्यात बढेको बताईन्छ ।

यी मुलुकहरुमा रोजगारीमा गएका तथा बसोबास गर्ने नेपालीहरुको संख्या पनि बाक्लो छ । सोही कारण पनि अदुवा माग हुने गरेको छ । उनीहरुले भान्सा र औषधीकै रुपमा प्रयोगका लागि अदुवा नेपालबाट लैजाने गरेको सो पाइन्छ । औषधीय महत्वसहित खानाको विशिष्टता र स्वादका लागि अदुवा प्रयोग हुने गरेको जानकारहरु बताउँछन् ।

नेपाली अदुवाको सबैभन्दा ठुलो बजारमा भनेको छिमेकी मुलुक भारत हो । मसला उत्पादनमा भारतमा विश्वकै ठुलो बजार छ । भारतीय व्यवसायीले नेपाली अदुवा खरिद गरेर पाउडर, मसला बनाएर तेस्रो मुलुकमा निर्यात गर्छन् । नेपालमा उत्पादित ९० प्रतिशत अदुवा भारतीय बजारमा पुग्ने गरेको तथ्याङ्कले देखाउँछ । गत आवमा भारतले मात्रै १ अर्ब ७ करोड २३ लाख रुपैयाँ बराबरको २ करोड २७ लाख ३१ हजार ७६६ केजी अदुवा खरिद गरेको छ । यस्तै, जापानले २४ लाख ७३ हजार रुपैयाँ, बंगलादेशले पनि १९ लाख र नेपाल अदुवा खरिद गरेको छन् ।

नेपालबाट झण्डै एक दर्जन बढी जिल्लाहरुमा अदुवा खेती हुने गरेको छ । हाल नेपालको सिन्धली, धनुषा, पाल्पा, धादिङ, प्युठान, ताप्लेजुङ, महोत्तरी, रौतहट, बारा, पर्सा, चितवन लगायतमा यसको खेती हुने गरेको छ । ती जिल्ला हरुमा अदुवाको व्यवासायिक खेती हुने गरेको हो ।

पछिल्लो १० वर्षमा नेपालले ५ अर्ब ५७ करोड १४ लाख रुपैयाँ बढीको अदुवा निर्यात गरको पाइएको छ । विभागको तथ्याङ्क अनुसार १० वर्षमा १ लाख ५१ हजार ४४० मेट्रिक टनभन्दा बढी नेपाली अदुवा अन्य मुलुकहरुले खरिद गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल