कृषि विकास बैंकको मुनाफा ३९.२५ प्रतिशतले बढ्यो

कृषि विकास बैंकको मुनाफा ३९.२५ प्रतिशतले बढ्यो : Icon Khabar

काठमाडौं, साउन २० । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा आकर्षक सुधार देखिएको हो ।

बैंकले असार मसान्तसम्ममा ३ अर्ब ९ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २ अर्ब २२ करोड ५७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अधिमा आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेर ८ अर्ब ८ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ८ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, संचालन नाफा २६.०७ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ३ अर्ब ६० करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरण योग्य नाफा २ अर्ब ७१ लाख ५८ हजार रुपैयाँ छ । प्रतिसेयर लाभांश वितरण क्षमता १९.८९ प्रतिशत रहेको छ । साथै, चुक्तापूँजी १८ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ, जगेडा कोष ४.५२ प्रतिशतले बढेर ११ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ६० पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2023
Website | + posts
ताजा
अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता हुनुपर्ने प्रावधान विरुद्व सर्वोच्चमा रिट
रविलाई थुनामुक्त गर्न मागप्रति आदेश आउन बाँकी
सोमबार नेप्से परिसूचक २७.९० अंकले घट्यो
आजदेखि माबिलुङ इनर्जीको आईपीओ निष्काशन


ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
भक्तपुरमा सापारु प्रदक्षिणा मार्ग सफाइ तथा सचेतना र्‍याली
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल