कृषि विकास बैंकको मुनाफा ३९.२५ प्रतिशतले बढ्यो

कृषि विकास बैंकको मुनाफा ३९.२५ प्रतिशतले बढ्यो : Icon Khabar

काठमाडौं, साउन २० । कृषि विकास बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको मुनाफामा आकर्षक सुधार देखिएको हो ।

बैंकले असार मसान्तसम्ममा ३ अर्ब ९ करोड ९३ लाख ३७ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३९.२५ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोहि अवधिमा बैंकले २ अर्ब २२ करोड ५७ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अधिमा आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी ३.३० प्रतिशतले घटेर ८ अर्ब ८ करोड ४ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ८ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, संचालन नाफा २६.०७ प्रतिशतले बढेर ४ अर्ब ५४ करोड ४२ लाख १४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीको संचालन नाफा ३ अर्ब ६० करोड ४४ लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा कम्पनीको वितरण योग्य नाफा २ अर्ब ७१ लाख ५८ हजार रुपैयाँ छ । प्रतिसेयर लाभांश वितरण क्षमता १९.८९ प्रतिशत रहेको छ । साथै, चुक्तापूँजी १८ अर्ब ८८ करोड ४३ लाख रुपैयाँ, जगेडा कोष ४.५२ प्रतिशतले बढेर ११ अर्ब ७२ करोड ९७ लाख रुपैयाँ रहेको छ ।

यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २० रुपैयाँ ६२ पैसा र प्रतिसेयर नेटवर्थ २११ रुपैयाँ ६० पैसा छ ।

Published Date: 05 August 2023






ताजा
भक्तपुरमा पहिलोपटक ‘वुमन्स हेरिटेज राइड’ भव्य रूपमा सम्पन्न
साफ महिला च्याम्पियनसिपः बंगलादेशसँग २–१ ले पराजित हुँदै नेपाल सेमिफाइनलबाट बाहिरियो
बुधबारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मौसम पूर्वानुमान: तराईमा गर्मी बढ्दा पहाड र हिमालमा वर्षाको सम्भावना


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न