नेपाल बैंकको मुनाफा झण्डै साढे ३ अर्ब

अधिकांश सूचकमा लोभलाग्दो प्रगति

नेपाल बैंकको मुनाफा झण्डै साढे ३ अर्ब : Icon Khabar

काठमाडौं, साउन २० । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख २६ रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १६.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत बढेर ९ अर्ब ४४ करोड १५ लाख ५३ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ६ अर्ब ७१ करोड ४५ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ३ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको संचालन नाफा गत आर्थिक वर्षको सोहि अवधिमा २१.२० प्रतिशतले बढेर ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ, चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 05 August 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने