नेपाल बैंकको मुनाफा झण्डै साढे ३ अर्ब

अधिकांश सूचकमा लोभलाग्दो प्रगति

नेपाल बैंकको मुनाफा झण्डै साढे ३ अर्ब : Icon Khabar

काठमाडौं, साउन २० । नेपाल बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख २६ रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको भन्दा १६.७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद ब्याज आम्दानी र संचालन नाफामा समेत सुधार देखिएको छ । बैंकको खुद ब्याज आम्दानी ४०.६१ प्रतिशत बढेर ९ अर्ब ४४ करोड १५ लाख ५३ हजार पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा उक्त आम्दानी ६ अर्ब ७१ करोड ४५ लाख ८६ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै, अघिल्लो आर्थिक वर्षको चौथौ त्रैमाससम्ममा ३ अर्ब ६३ करोड ७४ लाख रुपैयाँ रहेको कम्पनीको संचालन नाफा गत आर्थिक वर्षको सोहि अवधिमा २१.२० प्रतिशतले बढेर ४ अर्ब ४० करोड ८२ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा कम्पनीको वितरणयोग्य मुनाफा ९७ करोड ३३ लाख रुपैयाँ, चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ, जगेडा कोष २१ अर्ब ८८ करोड ४८ लाख रुपैयाँ रहेको छ । बैंकको लाभांश क्षमता ६.६२ प्रतिशत रहेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ९२ पैसा बढेर २३ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ २४८ रुपैयाँ ९४ पैसा रहेको छ ।

Published Date: 05 August 2023


















ताजा
दुई बहुप्रतीक्षित नेपाली फिल्म ‘आ बाट आमा २’ र ‘१२ गाउँ २’ प्रदर्शनमा
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
बाचामारी–नन्दीकेश्वर सडक र मन्दिर परिसरमा बृहत् सरसफाइ
लिग-२: आज नेपाल र ओमान आमनेसामने, ओडीआई मान्यता जोगाउने लक्ष्यमा टोली


ट्रेन्डिङ
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर
यहि असोज १० गते शनिबार भक्तपुरको लिवालीमा भजन तथा प्रार्थना कार्यक्रम आयोजना हुँदै
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड