‘लम्पी स्किन’ रोगको महामारी : खोटाङमा ७३६ गाई–गोरु मरिसके, ४३१ वटा प्रभावित

‘लम्पी स्किन’ रोगको महामारी : खोटाङमा ७३६ गाई–गोरु मरिसके, ४३१ वटा प्रभावित : Icon Khabar

खोटाङ, साउन २० । देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाईरगोरु मरिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई सय ७२, केपिलासगढी गाउँपालिकामा ४५, ऐसेलुखर्क गाउँपालिकामा ५२, बराहपोखरी गाउँपालिकामा ७६, जन्तेढुङ्गा गाउँपालिकमा २१, रावाबेँसी गाउँपालिकामा ८४ र साकेला गाउँपालिकामा ६५ वटा पशु चौपाया लम्पी स्किन रोगले मरेको पाइएको हो ।

कृषकले पालेका पशुचौपायमा गत चैत पहिलो साता लम्पी स्किन रोगको लक्षण भेटिएको जिल्लामा चार सय ३१ वटा गाईरगोरुमा रोगको प्रकोप देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङले दिएको विवरणमा उल्लेख छ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भैँसीमा समेत लम्पी स्किन रोगको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका सम्पर्क अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिएका छन् ।

Published Date: 05 August 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक