‘लम्पी स्किन’ रोगको महामारी : खोटाङमा ७३६ गाई–गोरु मरिसके, ४३१ वटा प्रभावित

‘लम्पी स्किन’ रोगको महामारी : खोटाङमा ७३६ गाई–गोरु मरिसके, ४३१ वटा प्रभावित : Icon Khabar

खोटाङ, साउन २० । देशभर महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा सात सय ३६ वटा गाईरगोरु मरिसकेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ५५, हलेसी तुवाचुङ नगरपालिकामा २६, खोटेहाङ गाउँपालिकामा ४०, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दुई सय ७२, केपिलासगढी गाउँपालिकामा ४५, ऐसेलुखर्क गाउँपालिकामा ५२, बराहपोखरी गाउँपालिकामा ७६, जन्तेढुङ्गा गाउँपालिकमा २१, रावाबेँसी गाउँपालिकामा ८४ र साकेला गाउँपालिकामा ६५ वटा पशु चौपाया लम्पी स्किन रोगले मरेको पाइएको हो ।

कृषकले पालेका पशुचौपायमा गत चैत पहिलो साता लम्पी स्किन रोगको लक्षण भेटिएको जिल्लामा चार सय ३१ वटा गाईरगोरुमा रोगको प्रकोप देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङले दिएको विवरणमा उल्लेख छ । दश स्थानीय तह रहेको जिल्लामा पछिल्लो समय भैँसीमा समेत लम्पी स्किन रोगको लक्षण देखिएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र उदयपुरको सम्पर्क कार्यालय खोटाङका सम्पर्क अधिकृत चन्द्रकिशोर यादवले जानकारी दिएका छन् ।

Published Date: 05 August 2023