भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा ११ नेपाली वेपत्ता, विस्तृत विवरण आउने क्रम जारी

भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा ११ नेपाली वेपत्ता, विस्तृत विवरण आउने क्रम जारी : Icon Khabar

काठमाडौं, साउन १९ । भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएका छन् ।

गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताए। । उनले भारतको उत्तराखण्ड प्रदेशको नेपालसँग सिमाना जोडिएको जिल्ला कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीलाई सहजीकरण गर्न भनिएको जानकारी पनि प्रवक्ता भट्टराईले दिए।

उनले भारत सरकारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई पनि पत्राचार गरिएको बताए । सो पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएको खबर आएको छ ।

यससम्बन्धी विस्तृत विवरण आउने क्रम जारी छ ।

Published Date: 04 August 2023