संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस गर्ने

संवैधानिक परिषद्को बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस गर्ने : Icon Khabar

काठमाडौँ, साउन १८ । सर्बोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ती प्रक्रिया अघि बढाउन आज संबैधानिक परिषदको बैठक बस्दैछ। गत मंगलबार पहिलो पटक बैठक बसे पनि कुनै निष्कर्षमा पुग्न नसकेको बैठक आज बोलाइएको हो। बैठक साँझ ५ बजे बस्नेछ।

प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको पदावधि साउन २० गते सकिने भएकाले नयाँ प्रधाननयायाधीश नियुक्तिकाे सिफारिस गर्न परिषदकाे बैठक बस्न लागेकाे हाे।

संवैधानिक व्यवस्था अनुसार प्रधानन्यायाधीशकाे कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस गर्नुपर्छ।

तर प्रधान्यायाधीश कार्कीकाे पदावधि सकिन दुइ दिन बाँकी रहँदा प्रधानन्यायाधीश नियुक्तिकाे सिफारिस गर्न परिषद बैठक बस्न लागेकाे हाे।

संवैधानिक परिषद् बैठक बोलाउने सन्दर्भमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दलका नेता तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग पनि छलफल गरेका थिए।

आज बस्ने बैठकले वरीयताक्रममा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीश सिफारिस गर्ने छ। उनी १४ महिना प्रधानन्यायाधीश हुनेछन्।

श्रेष्ठ न्याय सेवाको तल्लो तह, शाखा अधिकृत जिल्ला न्यायाधीश, उच्च र सर्वोच्च अदालतको न्यायाधीश हुदै करिअरबाट सर्वोच्चको सर्वोच्च पदसम्म पुग्न लागेका न्यायाधीश हुन्।

उनी अहिले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीश छन्। संवैधानिक परिषदबाट सिफारिस भइ संसदीय सुनुवाइबाट अनुमोदन भएमा उनी प्रधानन्यायाधीश हुनेछन्।

Published Date: 03 August 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ