बागमती प्रदेशमा पत्रकारका लागि तालिमकाे अवसर

बागमती प्रदेशमा पत्रकारका लागि तालिमकाे अवसर : Icon Khabar

काठमाडौं, साउन १७ ।  बागमती प्रदेश सरकारले एफ एम रेडियो, टेलिभिजन र अनलाइन संचारका पत्रकार, व्यवस्थापक, रेडियो प्रविधिकहरु लाई तालिम दिने भएको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटको सीमा भित्र रहि बागमती प्रदेशको संचार रजिष्ट्रारको कार्यलयले निः शुल्क तालिम संचालन गर्न लागेको हो ।

मंगलवार प्रकाशित सुचना अनुसार एफ एम रेडियो, टेलिभिजन र अनलाइन संचार माध्यममा कार्यरत पत्रकार, व्यवस्थापक, रेडियो प्रविधिक तथा महिला पत्रकारका लागि तालिमको अवसर दिएको जनाएको छ । विभिन्न विधाका तालिममा सक्रिय सहभागि भई सीप सिक्न चाहने पत्रकार, रेडियो प्राविधिक, बजार व्यवस्थापकलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र निवेदन पठाउन समेत अनुरोध गरेको छ ।

तालिम अन्तरर्गत रेडियो प्राविधिक तालिम बजार व्यवस्थापनका लागि विज्ञापन कला सम्बन्धी तालिम, समाचार लेखन विषयक तालिमहरु रहेको छ । साथै पत्रकारका लागि अनलाइन पत्रकारिता तालिम, डाटा ड्रिभन पत्रकारिता तालिम र मोबाइल पत्रकारिता तालिम रहेको जनाएको छ ।

Published Date: 02 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी