बागमती प्रदेशमा पत्रकारका लागि तालिमकाे अवसर

बागमती प्रदेशमा पत्रकारका लागि तालिमकाे अवसर : Icon Khabar

काठमाडौं, साउन १७ ।  बागमती प्रदेश सरकारले एफ एम रेडियो, टेलिभिजन र अनलाइन संचारका पत्रकार, व्यवस्थापक, रेडियो प्रविधिकहरु लाई तालिम दिने भएको छ । चालु आर्थिक वर्षमा विनियोजित बजेटको सीमा भित्र रहि बागमती प्रदेशको संचार रजिष्ट्रारको कार्यलयले निः शुल्क तालिम संचालन गर्न लागेको हो ।

मंगलवार प्रकाशित सुचना अनुसार एफ एम रेडियो, टेलिभिजन र अनलाइन संचार माध्यममा कार्यरत पत्रकार, व्यवस्थापक, रेडियो प्रविधिक तथा महिला पत्रकारका लागि तालिमको अवसर दिएको जनाएको छ । विभिन्न विधाका तालिममा सक्रिय सहभागि भई सीप सिक्न चाहने पत्रकार, रेडियो प्राविधिक, बजार व्यवस्थापकलाई सूचना प्रकाशित भएको मितिले ३० दिन भित्र निवेदन पठाउन समेत अनुरोध गरेको छ ।

तालिम अन्तरर्गत रेडियो प्राविधिक तालिम बजार व्यवस्थापनका लागि विज्ञापन कला सम्बन्धी तालिम, समाचार लेखन विषयक तालिमहरु रहेको छ । साथै पत्रकारका लागि अनलाइन पत्रकारिता तालिम, डाटा ड्रिभन पत्रकारिता तालिम र मोबाइल पत्रकारिता तालिम रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 August 2023
Website | + posts


ताजा
बेनी-जोमसोम-कोरला सडक आयोजनाको भौतिक प्रगति ८४ प्रतिशत
भ्रष्टाचार गरेको अभियोगमा नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी विरुद्ध भ्रष्टाचार मुद्दा दायर
आइतबार नेप्से परिसूचकमा गिरावट
दाङमा बस दुर्घटना हुँदा २५ जना भन्दा धेरै घाइते, विस्तृत विवरण आउन बाँकी
ट्रेन्डिङ
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं साधारण सभा तथा अधिवेशन सम्पन्न
होटल एसोसिएशन अफ भक्तपुरको छैटौं अधिवेशन यहि जेठ १० मा हुने
भक्तपुरको झौखेलमा अवस्थित ऐतिहासिक यापी भैरव मन्दिर (फोटो फिचर)
भक्तपुरको जुजु धौमा कुनै पनि अखाद्य वस्तुहरू भेटिएको छैन: खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग