एशिया रग्वी प्रतियोगिता भाद्र पहिलो साता हुने

एशिया रग्वी प्रतियोगिता भाद्र पहिलो साता हुने : Icon Khabar

काठमाडौं, साउन १७ । एशिया रग्वीको आयोजना तथा नेपाल रग्वी संघको ब्यवस्थापनमा एशिया रग्वी यु २० सेभेन्स महिला तथा पुरुष प्रतियोगिता काठमाण्डौमा आयोजना हुने भएको छ ।

संघले बुधबार पत्रकार सम्मेलन गरि २०२३ भाद्र २ र ३ गते त्रिपुरेश्वरस्थित रङ्गशालामा प्रतियोगिता आयोजना हुने जानकारी गराएको हो ।

प्रतियोगितामा पुरुष तर्फ नेपाल सहित भारत, थाईल्याण्ड, मलेसिया, चाइनिज ताइपेइ, हङ्गकङ्ग, उज्वेकिस्तान गरि ७ राष्ट्रको सहभागिता रहने आयोजकले जनाएका छन् । यस्तै महिला तर्फ नेपाल, थाईल्याण्ड र मलेसियाको सहभागिता रहने छ । प्रतियोगिता लिग कम नकआउटका आधारमा हुने छ । लिगमा पहिलो र दोश्रो हुने टिमका विच उपाधीका लागि प्रतिस्पर्धा हुने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

७२ लाख अनुमानित लागत रहेको प्रतियोगिताको बिजयी टिमले एशिया रग्वीको ट्रफी प्राप्त गर्नेछन् । प्रत्यक्ष प्रसार हुने प्रतियोगितालाई एशिया रग्वी संग अनुवन्धित ३५ राष्ट्रले पनि प्रत्यक्ष प्रसारण गर्ने पत्रकार सम्मेलनमा जानकारी गराईयो ।

नेपाली टोलीले यस प्रतियोगिताका लागि श्रीलङकन प्रशिक्षक विजेलाथ सेनको प्रशिक्षणमा पोखरामा प्रशिक्षण लिईरहेको पत्रकार सम्मेलनमा संघका महासचिव गोविन्द घिमिरेले जानकारी गराए ।

यसै क्रममा नेपाल रग्वी संघ र गोक्योविच एक आपसमा सहयोग गर्ने गरि सम्झौता भएको छ । जसमा गोक्योले रग्वी खेलाडीहरुका लागि खेल पोशाक, ट्रायक सुट र खेल सामाग्री उपलब्ध गराउने छ । नेपाल रग्वी संघका तर्फबाट महासचिव गोविन्द घिमिरे र गोक्योको तर्फबाट ब्राण्ड मेनेजर अन्जिना राईले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

यसैगरि संघले भक्तपुर ईन्टरनेशनल हस्पिटल संग पनि सम्झौता गरेको छ । संघको तर्फबाट महासचिव घिमिरे र हस्पिटलका तर्फबाट सिइओ रामजी कुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

Published Date: 02 August 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता