बस्न कुर्सी नराखेको भन्दै हिक्मत कार्कीले गरे शपथ समारोह बहिष्कार

बस्न कुर्सी नराखेको भन्दै हिक्मत कार्कीले गरे शपथ समारोह बहिष्कार : Icon Khabar

मोरङ, साउन १७ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । अघिल्लो पटक पनि थापाको शपथ ग्रहण समारोहमा अनुपस्थित भएका एमाले कार्कीले आज (बुधबार) को शपथ ग्रहण पनि बहिष्कार गरेका हुन् । आफ्ना लागि बस्ने कुर्सी नराखिएको भन्दै निवर्तमान मुख्यमन्त्री कार्की समारोहबाट बाहिरिएका हुन् ।

‘निवर्तमान मुख्यमन्त्रीका लागि कुर्सी राखिएको हुन्छ । तर प्रदेश प्रमुखले राख्नु भएनछ’, कार्कीले भने । बुधबार अपराह्नका लागि प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री उद्धव थापासहितका मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । चार दलको समर्थनमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री बनेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 August 2023
Website | + posts










ताजा
बासु माध्यमिक विद्यालयमा कक्षा १० को विदाइ तथा कक्षा ११ को स्वागत कार्यक्रम भव्य रूपमा सम्पन्न
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट