बस्न कुर्सी नराखेको भन्दै हिक्मत कार्कीले गरे शपथ समारोह बहिष्कार

बस्न कुर्सी नराखेको भन्दै हिक्मत कार्कीले गरे शपथ समारोह बहिष्कार : Icon Khabar

मोरङ, साउन १७ । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । अघिल्लो पटक पनि थापाको शपथ ग्रहण समारोहमा अनुपस्थित भएका एमाले कार्कीले आज (बुधबार) को शपथ ग्रहण पनि बहिष्कार गरेका हुन् । आफ्ना लागि बस्ने कुर्सी नराखिएको भन्दै निवर्तमान मुख्यमन्त्री कार्की समारोहबाट बाहिरिएका हुन् ।

‘निवर्तमान मुख्यमन्त्रीका लागि कुर्सी राखिएको हुन्छ । तर प्रदेश प्रमुखले राख्नु भएनछ’, कार्कीले भने । बुधबार अपराह्नका लागि प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री उद्धव थापासहितका मन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम राखिएको थियो । चार दलको समर्थनमा नेपाली कांग्रेसका थापा मुख्यमन्त्री बनेका हुन् ।

Published Date: 02 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी