कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको सपथ ग्रहण आज साँझ ५ बजेसम्मका लागि स्थगित

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको सपथ ग्रहण आज साँझ ५ बजेसम्मका लागि स्थगित : Icon Khabar

विराटनगर, साउन १७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको आज हुने सपथ ग्रहण कार्यक्रम साँझ ५ बजेसम्मका लागि सारिएको छ ।

यसअघि बिहान १०ः३० बजे मुख्यमन्त्री थापालाई पद तथा गोपनियताको सपथ गराउने तयारी गरिएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले मन्त्रालयको बाँडफाँडको टुङ्गो नलागेकाले सपथ ग्रहणको समय सारिएको बताए ।

‘थापासँगै आज वाम गठबन्धनका एक मन्त्रीले पनि सपथ लिने तयारी गरिरहेका छन् । विगतमा विभागविहीन मन्त्री नियुक्त हुन्थ्यो; अब उनीहरुलाई नियुक्ति भएपछि मन्त्रालय दिने तयारी भइरहेको छ,’ प्रमुख सचेतक राईले भने ।

सत्तारुढ गठबन्धनभित्र नेकपा (माओवादी केन्द्र)ले आर्थिक मामिला तथा योजना मन्त्रालयको दाबी गर्ने सहमति भएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ । तर, मुख्यमन्त्री थापा नेकपा (एकीकृत समाजवादी)लाई भौतिक पूर्वाधार मन्त्रालय दिन तयार छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 02 August 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट