कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको सपथ ग्रहण आज साँझ ५ बजेसम्मका लागि स्थगित

कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्रीको सपथ ग्रहण आज साँझ ५ बजेसम्मका लागि स्थगित : Icon Khabar

विराटनगर, साउन १७ । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको आज हुने सपथ ग्रहण कार्यक्रम साँझ ५ बजेसम्मका लागि सारिएको छ ।

यसअघि बिहान १०ः३० बजे मुख्यमन्त्री थापालाई पद तथा गोपनियताको सपथ गराउने तयारी गरिएको थियो ।

नेपाली कांग्रेस संसदीय दलका नेता थापालाई नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) पार्टी र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा मंगलबार मुख्यमन्त्रीमा नियुक्त गरिएको हो । नेपाली कांग्रेसका प्रमुख सचेतक भूपेन्द्र राईले मन्त्रालयको बाँडफाँडको टुङ्गो नलागेकाले सपथ ग्रहणको समय सारिएको बताए ।

‘थापासँगै आज वाम गठबन्धनका एक मन्त्रीले पनि सपथ लिने तयारी गरिरहेका छन् । विगतमा विभागविहीन मन्त्री नियुक्त हुन्थ्यो; अब उनीहरुलाई नियुक्ति भएपछि मन्त्रालय दिने तयारी भइरहेको छ,’ प्रमुख सचेतक राईले भने ।

सत्तारुढ गठबन्धनभित्र नेकपा (माओवादी केन्द्र)ले आर्थिक मामिला तथा योजना मन्त्रालयको दाबी गर्ने सहमति भएको छ ।

नेकपा (एकीकृत समाजवादी) पार्टीले भौतिक पूर्वाधार मन्त्रालयमा दाबी गरेको छ । तर, मुख्यमन्त्री थापा नेकपा (एकीकृत समाजवादी)लाई भौतिक पूर्वाधार मन्त्रालय दिन तयार छैनन् ।

Published Date: 02 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी