आकाश श्रेष्ठको चलचित्र ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक, भदौ १ गते रिलिज हुने

आकाश श्रेष्ठको चलचित्र ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक, भदौ १ गते रिलिज हुने : Icon Khabar

काठमाडौं, साउन १८ । भदौ १ गतेदेखि प्रदर्शनको तयारीमा रहेको फिल्म ‘हिंड्दा हिंड्दै’को ट्रेलर सार्वजनिक भएको छ । आकाश श्रेष्ठ र रेखा शाहको शीर्ष भूमिका रहेको फिल्मको ट्रेलरमा मित्रता र प्रेममा आउने उतारचढावलाई चित्रण गरिएको छ ।

मिलन आले मगर निर्देशित फिल्ममा सानिया खान, विकास थापा मगर, विमल श्रेष्ठ र बाल कलाकारमा अर्विन थिङ्गको पनि अभिनय छ । नारायण सुशील पंगेनी इन्टरटेनमेन्ट प्रालिको ब्यानरमा निर्माणमा भएको फिल्ममा सुशील पंगेनीको लेखन तथा निर्माण छ । विमल श्रेष्ठ प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता राज लामा हुन् । त्यस्तै प्रमोद कुमार तामाङ र महादेव शाह सहनिर्माता छन् ।

फिल्मको कथावस्तु युवापुस्तालाई मनपर्न सक्ने आशा आफूले लिएको निर्देशक मगरले बताए ।

https://youtu.be/c7KoEiusPfw

Published Date: 02 August 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी