नेपालले थप कोभिड खोप मगाइयो

नेपालले थप कोभिड खोप मगाइयो : Icon Khabar

काठमाडौँ, पुष २२ । चीनमा कोभिडको अर्को लहर फैलिन थालेपछि नेपालमा बूस्टरका रूपमा मात्र लगाउन मिल्नेगरी कोभिड खोपको माग भएको छ। दुई खेपमा गरेर १५-१५ लाख फाइजरद्वारा उत्पादित ‘बाईभ्यालन्ट’ खोप पठाइदिन खोपसम्बन्धी विश्वव्यापी सञ्जाल गाभीसँग अनुरोध गरिएको अधिकारीहरूको भनाइ छ।

“सुरक्षित हुनका लागि खोपको विकल्प छैन भन्ने हाम्रो पुरानै मान्यता कायम छ। र त्यसका लागि कोभिड खोप कार्यक्रम जारी नै छ,” स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुर भन्छन्। “नयाँ-नयाँ भ्यारिअन्ट आउँछन्। अब खोपको तेस्रो मात्रा खोप नलाउँदा पहिलेका मात्राले ‘हर्ड इम्यूनिटी’ कायम नरहन सक्छ।”

चीनमा फैलिएको ओमिक्रोनको सबभेरिअन्ट बीएफ.७ भारतमा पनि देखा परेपछि केही साताअघि नेपाल सरकारले “जोखिम उत्पन्न भएको” भन्दै सर्वसाधारण नागरिकलाई सजग गराएको थियो।

तर अहिलेसम्म कोरोनाभाइरसको उक्त प्रकार नेपालमा देखा परेको पुष्टि भइसकेको छैन। – बीबीसी नेपाली सेवा

Published Date: 06 January 2023
ताजा
देशभर मनसुनी वायुको प्रभाव: ६ प्रदेशका पहाडी भू-भागमा भारी वर्षाको सम्भावना
आज मंगलबारको राशिफल
भक्तपुर नगरपालिका- १ दुधपाटीस्थित लुम्बिनी गेष्ट हाउसमा बसेकी एक युवतीको मृत्यु
सोमबार नेप्से परिसूचक ४१.७० अंकले बढ्यो


ट्रेन्डिङ
‘कोरा जात्रा भक्तपुर २०२६’ साउन २ गते हुँदै, सहभागीका लागि जर्सी सार्वजनिक
भक्तपुर सांगीतिक समाजको सांगीतिक पिकनिक सम्पन्न, गीत–संगीत र मनोरञ्जनात्मक कार्यक्रमले रौनक
सूर्यविनायकका १३ विद्यालयका ७५ शिक्षकलाई प्रारम्भिक बालशिक्षा सम्बन्धी प्रशिक्षण
भक्तपुरको चोछें क्षेत्रमा एक महिनादेखि खानेपानी संकट: रातभर जाग्राम बस्न बाध्य स्थानीय