जनताको घरघरमा गई घरदैलो नर्सिङ सेवा प्रदान गरिरहेका छौं: भक्तपुर नगरपालिका

जनताको घरघरमा गई घरदैलो नर्सिङ सेवा प्रदान गरिरहेका छौं: भक्तपुर नगरपालिका : Icon Khabar

भक्तपुर, साउन १५ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा घरदैलो नर्सिङ र विद्यालय नर्सिङ सेवाको असार महिनाको मासिक बैठक सोमबार बस्यो ।

बैठकमा बोल्दै प्रमुख प्रजापतिले जनताको घरघरमा गई सहज र सुलभ रुपमा जनतालाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले भक्तपुर नपाले घरदैलो नर्सिङ सेवा सञ्चालनमा ल्याएको बताए।

उनले विशेषगरी बालबालिका, सुत्केरी महिला र ज्येष्ठ नागरिक र दीर्घरोगीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो सेवाको शुभारम्भ भएको बताउँदै उनले घरदैलो नर्सिङ र विद्यालय नर्स सेवालाई योजनाबद्ध ढंगले अगाडि बढाउने लक्ष्य रहेको बताए।

घरदैलो नर्सहरुले जनप्रतिनिधि र जनताबीचको समन्वयकर्ताको रुपमा काम गर्न प्रेरित गर्दै उनले समय समयमा विभिन्न रोगहरुबारे जनचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउँदै आफ्नो असल व्यवहार र बोलीबाट बिरामीहरुको सेवा गर्न मार्गनिर्देशन गरे।

प्रमुख प्रजापतिले नयाँ आर्थिक वर्षमा ख्वप अस्पतालले नयाँ नयाँ योजनाहरु अगाडि सार्ने बताउँदै उनले जनतालाई प्रत्यक्ष महसुस गर्न सक्ने सेवा प्रदानमा अस्पतालले जोड दिँदै जाने बताए।

कार्यक्रममा १० वटै वडाका वडानर्सहरुले वडाबासीहरुको स्वास्थ्य अवस्था तथ्यांकगत रुपमा प्रस्तुतीकरण गर्दै घरदैलो नर्सिङ सेवामार्फत आफूहरुले वडा वडाहरुमा डायबिटिजबारे अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्दै आइरहेको, विद्यालयहरुमा पोषणसम्बन्धी कक्षाहरु सञ्चालन, महिनावारीबारे जनचेतना तथा सुत्केरी र गर्भवती महिलाहरुलाई घरघरमा गएर आवश्यक सेवा समेत उपलब्ध गराउँदै आएको बताए।

Published Date: 31 July 2023
ताजा
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै
राष्ट्रिय स्वतन्त्र पार्टीको निजामती सेवा सम्बन्धी स्पष्टिकरण


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता