आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘अदृश्य’ सेन्सर पास

आगामी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘अदृश्य’ सेन्सर पास : Icon Khabar

काठमाडौं, साउन १५ । यही शुक्रबार अर्थात् साउन १९ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘अदृश्य’ सेन्सर पास भएको छ ।

फिल्मले केन्दीय जाँच समितिबाट पिजि सर्टिफिकेट पाएको हो । अब यो फिल्म १६ बर्ष मुनिका बालकालिकाले अनिवार्य रुपमा अभिभावकको साथमा मात्र हेर्न पाउने छन् ।

पिताम्बर फिल्मस्को प्रस्तुतिमा निर्माण भएको फिल्ममा प्रमोद अग्रहरी, रिस्ता बस्नेत, सोहित मानन्धर, प्रविन खतिवडा, छुल्ठिम गुरुङ, रवी गिरी, सिएम भारद्धाज सुवेदी, विकेश प्रजापती, प्रिन्स प्रसिड सिंह थापा, गीत बिष्ट, सुरज बिष्ट, जसिता घिमिरे, सन्दीप बाबु लोहनी, रुपेश दाहाल, सुजन बज्राचार्य, अजित रेग्मी, रुपेश थापा, अभिमान सिंह बस्नेत र प्रतिक भुजेल लगायतका कलाकारको अभिनय रहेको छ ।

राकेश रनपालको कथा, आकाश उखेडाको पटकथा तथा संवाद, उत्तम हुमागाई र मोहन कुमार झिल्लुको छायांकन, विशाल पौडेलको संगीत, शिशिर खातीको कोरियोग्राफी, मुकेश शाहको पाश्र्व संगीत, निशान घिमिरेको कलर, बनिश शाहको सम्पादन रहेको फिल्मका प्रोडक्सन म्यानेजर प्रकाश बुढाथोकी र दिलिप पन्त हुन् ।

प्रल्हाद काफ्लेको डेव्यु निर्देशनमा निर्माण भएको फिल्ममा मिना बस्नेत र उमारुद्रा काफ्लेको लगानी रहेको छ । रविन अधिकारी र रिकेश खत्री फिल्मका सह-निर्माता हुन् । फिल्मलाई आरआर फिल्मस्ले वितरण गर्दैछ ।

Published Date: 31 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी