सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो

सोमबार सुनको मूल्य तोलामा ३०० रुपैयाँले घट्यो : Icon Khabar

काठमाडौं, साउन १५ । सुनको भाउ आज तोलामा ३०० रुपैयाँले घटेको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, आइतबार छापावाल सुन १ लाख १२ हजार ९०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १२ हजार ३५० रुपैयाँ निर्धारण भएको थियो । सोमबार चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँले घटेर तोलाको १४ सय ५० रुपैयाँ कायम भएको छ ।

आइतबार चाँदीको भाउ प्रतितोला १४ सय ५५ रुपैयाँ कायम रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 July 2023
Website | + posts


ताजा
रास्वपा सांसद डा. तोसिमा कार्की घाइतेहरुको उपचारका लागि पुगिन् सिभिल अस्पताल
सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, गृहमन्त्रीको राजीनामा माग्दै बढाए दबाब
जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो
निरन्तरजसाे नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य घट्यो


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु