नेपाल वायुसेवा सञ्चालक संघद्वारा हवाई दुर्घटनाको छानबिन गर्न ‘विशेष कार्यदल’ गठन

नेपाल वायुसेवा सञ्चालक संघद्वारा हवाई दुर्घटनाको छानबिन गर्न ‘विशेष कार्यदल’ गठन : Icon Khabar

काठमाडौं, साउन १५ । विगत वर्षमा हवाई दुर्घटनाका शृङ्खलाहरु बढेपछि नेपाल वायुसेवा सञ्चालक संघले ‘विशेष कार्यदल’ गठन गरी सक्रियता अपनाएको छ । पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा बनेको चार सदस्यीय समितिले घटनाको विश्लेषण गरी एक महिनाभित्र विस्तृत प्रतिवेदन पेश गर्ने लक्ष्य राखेको छ ।

संघका महासचिव मनोज कार्कीले यस समितिको मुख्य उद्देश्य दुर्घटनाको मूल कारण पत्ता लगाउनु र हवाई सुरक्षाका उपायहरू अभिवृद्धि गर्न सरकारलाई सहयोग पु¥याउनु रहेको बताए ।

‘सरकारले दुर्घटना छानबिन आयोग गठन गरेको भए पनि पछिल्लो समय भएका दुर्घटनाको अध्ययन गर्न स्वेच्छाले यो कार्यदल बनाएका हौँ,’ महासचिव कार्कीले बताए ।

कार्यदलमा हेली एभरेष्टका क्याप्टेन हिराबाबु दाहाल, यती एयरलाइन्सका सुरक्षा निर्देशक रवि कंसाकार, फिस्टेल एयरका इन्जिनियर एमके श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व सुरक्षा अधिकृत नारायण डंगोललगायत विभिन्न उड्डयन पृष्ठभूमिका उच्च दक्ष व्यक्तिहरू रहेका छन् ।

Published Date: 31 July 2023


ताजा
सोमवारका लागि विदेशी मुद्राको आधिकारिक विनिमय दर
मनसुनी वायुको प्रभाव: बागमती, गण्डकी र लुम्बिनीमा धेरै भारी वर्षाको सम्भावना
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु