नेपाल वायुसेवा सञ्चालक संघद्वारा हवाई दुर्घटनाको छानबिन गर्न ‘विशेष कार्यदल’ गठन

नेपाल वायुसेवा सञ्चालक संघद्वारा हवाई दुर्घटनाको छानबिन गर्न ‘विशेष कार्यदल’ गठन : Icon Khabar

काठमाडौं, साउन १५ । विगत वर्षमा हवाई दुर्घटनाका शृङ्खलाहरु बढेपछि नेपाल वायुसेवा सञ्चालक संघले ‘विशेष कार्यदल’ गठन गरी सक्रियता अपनाएको छ । पूर्व पर्यटन सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा बनेको चार सदस्यीय समितिले घटनाको विश्लेषण गरी एक महिनाभित्र विस्तृत प्रतिवेदन पेश गर्ने लक्ष्य राखेको छ ।

संघका महासचिव मनोज कार्कीले यस समितिको मुख्य उद्देश्य दुर्घटनाको मूल कारण पत्ता लगाउनु र हवाई सुरक्षाका उपायहरू अभिवृद्धि गर्न सरकारलाई सहयोग पु¥याउनु रहेको बताए ।

‘सरकारले दुर्घटना छानबिन आयोग गठन गरेको भए पनि पछिल्लो समय भएका दुर्घटनाको अध्ययन गर्न स्वेच्छाले यो कार्यदल बनाएका हौँ,’ महासचिव कार्कीले बताए ।

कार्यदलमा हेली एभरेष्टका क्याप्टेन हिराबाबु दाहाल, यती एयरलाइन्सका सुरक्षा निर्देशक रवि कंसाकार, फिस्टेल एयरका इन्जिनियर एमके श्रेष्ठ र नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व सुरक्षा अधिकृत नारायण डंगोललगायत विभिन्न उड्डयन पृष्ठभूमिका उच्च दक्ष व्यक्तिहरू रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 July 2023
Website | + posts




ताजा
मोन्था चक्रवातको प्रभाव : २६ जिल्लामा सतर्कता अपनाउनु पर्ने
मंगलबार नेप्से परिसूचक ६२.२९ अंकले बढ्यो
सार्वजनिक संस्थानलाई थप प्रतिस्पर्धी र व्यावसायिक बनाउन सरकारले ल्यायो नीति
मुस्ताङको लोमान्थाङ, कोरला नाका र मुक्तिनाथ क्षेत्रमा यस वर्षको पहिलो हिमपात, अत्यधिक चिसो


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने