कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट : Icon Khabar

काठमाडौं, साउन १५ । प्रहरीले कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ । ताम्राकारले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलमा सुसाइड नोट लेखेको भेटिएको हो ।

सारुकले मोबाइलमा लेखेको नोट फरेन्सिक परीक्षणमा गर्दा भेटिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । सुसाइड नोटमा सारुकले कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् ।

सारुकले लेखेका छन्– पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद । आमालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘अर्को जुनीमा पनि तपाईंको कोखबाट जन्मिन पाऊँ भनेका छन् ।’ स्रोतका अनुसार उनले सबै साथीहरूलाई पनि सम्झिएका छन् ।

सारुकले २१ असारमा आफ्नै घरमा झुरिण्ण्डएर आत्महत्या गरेका थिए । सारुकको आत्महत्या नभई दुरुत्साहन भएको भन्दै विभिन्न टिकाटिप्पणी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 31 July 2023
Website | + posts




ताजा
जेनजी प्रदर्शन : पहिचान हुन सकेन १३ जनाको शव
नेपालको भारत र चीनसँग मात्रै ३ खर्ब बढिको व्यापारघाटा
बुधबार बिहानसम्म हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना
देशभर छ हजारभन्दा बढिमा डेङ्गु सङ्क्रमण पुष्टि


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने