कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट

कलाकार सारुक ताम्राकारको मोबाइलमा भेटियो सुसाइड नोट : Icon Khabar

काठमाडौं, साउन १५ । प्रहरीले कलाकार सारुक ताम्राकारको मोबाइलमा सुसाइड नोट भेटिएको छ । ताम्राकारले आत्महत्या गर्नुअघि आफ्नो मोबाइलमा सुसाइड नोट लेखेको भेटिएको हो ।

सारुकले मोबाइलमा लेखेको नोट फरेन्सिक परीक्षणमा गर्दा भेटिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ । सुसाइड नोटमा सारुकले कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् ।

सारुकले लेखेका छन्– पुलिसहरू डन्ट फकिङ मी कन्ट्रोभर्सी । इट्स अल माई फल्ट । कसैलाई ब्लेम नगर्नु । यो सबै यहीँ इन्ड हुनु थियो । सो सकियो । मेक मि रेस्ट इन पीस, धन्यवाद । आमालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘अर्को जुनीमा पनि तपाईंको कोखबाट जन्मिन पाऊँ भनेका छन् ।’ स्रोतका अनुसार उनले सबै साथीहरूलाई पनि सम्झिएका छन् ।

सारुकले २१ असारमा आफ्नै घरमा झुरिण्ण्डएर आत्महत्या गरेका थिए । सारुकको आत्महत्या नभई दुरुत्साहन भएको भन्दै विभिन्न टिकाटिप्पणी भएको थियो ।

Published Date: 31 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु