चाबहिलको नापी कार्यालयका नापी अधिकृत विरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा दायर

चाबहिलको नापी कार्यालयका नापी अधिकृत विरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा दायर : Icon Khabar

काठमाडौं, साउन १४ । नापी कार्यालय, चाबहिल (हाल नापी विभाग)मा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड चार लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पुरीले एक करोड चार लाख तीन हजार ९४१ गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार २०५२ सालदेखि २०७९ असार मसान्तसम्मको अवधिमा पुरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानमा खुलेपछि मुद्दा दायर भएको हो ।

अख्तियारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको पुष्टि हुन आएको भन्दै पुरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको आरोपमा एक करोड चार लाख बढी बिगो दाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

Published Date: 30 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर