चाबहिलको नापी कार्यालयका नापी अधिकृत विरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा दायर

चाबहिलको नापी कार्यालयका नापी अधिकृत विरुद्ध एक करोड बढीको भ्रष्टाचार मुद्दा दायर : Icon Khabar

काठमाडौं, साउन १४ । नापी कार्यालय, चाबहिल (हाल नापी विभाग)मा कार्यरत नापी अधिकृत राजु पुरीविरुद्ध एक करोड चार लाख बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ ।

पुरीले एक करोड चार लाख तीन हजार ९४१ गैरकानुनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको आरोपमा आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता भोला दाहालका अनुसार २०५२ सालदेखि २०७९ असार मसान्तसम्मको अवधिमा पुरीले गैरकानुनी सम्पत्ति आर्जन गरेको अनुसन्धानमा खुलेपछि मुद्दा दायर भएको हो ।

अख्तियारले अमिल्दो र अस्वाभाविक जीवनस्तर यापन गरेको पुष्टि हुन आएको भन्दै पुरीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ र सो कसुरलाई निरन्तरता दिएको प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको आरोपमा एक करोड चार लाख बढी बिगो दाबी गर्दै उच्च अदालतमा मुद्दा दायर गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 30 July 2023
Website | + posts


ताजा
सरकार छोड्न कांग्रेसका नेता कार्यकर्ताको माग, गृहमन्त्रीको राजीनामा माग्दै बढाए दबाब
जेनजी प्रदर्शन : ट्रमामा थप दुईको मृत्यु, मृतकको संख्या १७ पुग्यो
निरन्तरजसाे नयाँ रेकर्ड बनाइरहेको सुन र चाँदीको मूल्य घट्यो
‘जेनजी’ पुस्ताको प्रदर्शनलाई कुलमानको पनि साथ, जनाए ऐक्यबद्धता


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु