थ्रेड्सले केही दिनमै गुमायो आधा प्रयोगकर्ता

थ्रेड्सले केही दिनमै गुमायो आधा प्रयोगकर्ता : Icon Khabar

काठमाडौँ, साउन १४ । नयाँ सामाजिक सञ्जालका रूपमा आएको थ्रेड्सले केही दिनमै आधा प्रयोगकर्ता गुमाएको छ । प्रविधि कम्पनी ‘मेटा’ का मालिक मार्क जुकरबर्गले नयाँ सामाजिक प्लाटफर्म ‘थ्रेड्स’ का आधाभन्दा बढी प्रयोगकर्ता गुमाएको बताएका हुन् ।

ट्विटरको प्रतिस्पर्धीका रूपमा आएको थ्रेड्समा ५ दिनमै १० करोड प्रयोगकर्ता जोडिएका थिए । तर जुकरबर्गले केही दिनमै प्रयोगकर्ता घटेको स्विकारेका हुन् । ‘यदि तपाईंसँग १० करोडभन्दा बढी मानिस साइनअप छन्, त्यसको आधा पनि रोकिए पनि त्यसलाई आदर्श रूपमा राम्रै मानिन्छ । तर हामी त्यहाँ छैनौँ ।’

सार्वजनिक भएसँगै ‘लिमिटेड फिचर’ भएको भन्दै थ्रेड्सको आलोचना भएको थियो । त्यसपछि मेटाले निरन्तर केही नै केही फिचर थप्दै लगेको छ । त्यस्तै पोस्टहरू पनि विभिन्न भाषामा अनुवाद हुने फिचर पनि यसमा थपिएको छ ।

कम्पनीका प्रमुख उत्पादन अधिकृत क्रिस कोक्सले कर्मचारीहरूलाई प्रयोगकर्तालाई फिर्ता ल्याउन ‘रिटेन्सन-ड्राइभिङ हुक्स’ थप्न निर्देशन दिएका छन् ।

Published Date: 30 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक