थ्रेड्सले केही दिनमै गुमायो आधा प्रयोगकर्ता

थ्रेड्सले केही दिनमै गुमायो आधा प्रयोगकर्ता : Icon Khabar

काठमाडौँ, साउन १४ । नयाँ सामाजिक सञ्जालका रूपमा आएको थ्रेड्सले केही दिनमै आधा प्रयोगकर्ता गुमाएको छ । प्रविधि कम्पनी ‘मेटा’ का मालिक मार्क जुकरबर्गले नयाँ सामाजिक प्लाटफर्म ‘थ्रेड्स’ का आधाभन्दा बढी प्रयोगकर्ता गुमाएको बताएका हुन् ।

ट्विटरको प्रतिस्पर्धीका रूपमा आएको थ्रेड्समा ५ दिनमै १० करोड प्रयोगकर्ता जोडिएका थिए । तर जुकरबर्गले केही दिनमै प्रयोगकर्ता घटेको स्विकारेका हुन् । ‘यदि तपाईंसँग १० करोडभन्दा बढी मानिस साइनअप छन्, त्यसको आधा पनि रोकिए पनि त्यसलाई आदर्श रूपमा राम्रै मानिन्छ । तर हामी त्यहाँ छैनौँ ।’

सार्वजनिक भएसँगै ‘लिमिटेड फिचर’ भएको भन्दै थ्रेड्सको आलोचना भएको थियो । त्यसपछि मेटाले निरन्तर केही नै केही फिचर थप्दै लगेको छ । त्यस्तै पोस्टहरू पनि विभिन्न भाषामा अनुवाद हुने फिचर पनि यसमा थपिएको छ ।

कम्पनीका प्रमुख उत्पादन अधिकृत क्रिस कोक्सले कर्मचारीहरूलाई प्रयोगकर्तालाई फिर्ता ल्याउन ‘रिटेन्सन-ड्राइभिङ हुक्स’ थप्न निर्देशन दिएका छन् ।

Published Date: 30 July 2023






ताजा
मिनर्वा इंग्लिश स्कूल : गुणस्तरीय शिक्षासँगै समग्र विकासको उत्कृष्ट गन्तव्य
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २३ गते सोमबार
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ
सोमबार नेप्से परिसूचक ८३.३३ अंकले बढ्यो


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता