भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले गर्यो विद्यार्थीहरुलाई ब्याग वितरण

भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले गर्यो विद्यार्थीहरुलाई ब्याग वितरण : Icon Khabar

भक्तपुर, साउन १२ । भक्तपुर विद्युतीय सामग्री व्यवसायी संघले ब्याग वितरण गरेको छ।

संघको स्थापना दिवसको अवसरमा आज भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं ५ छालिङ्गमा अवस्थित श्री गणेश माध्यमिक विद्यालयका आर्थिक रूपले विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई ब्याग वितरण गरेको हो।

कार्यक्रमका मुख्य संयोजक बुद्धि कुमार मुस्याख्वले “शिक्षा मात्र होईन व्यवहारिक ज्ञान” पनि अहिलेको समयमा अति आवश्यक भएको कुरा बताए। श्री गणेश माध्यामिक विद्यालयका प्रधानाध्यापक इन्द्र फोजुले विद्यार्थीहरुले उच्च शिक्षा हासिल गरि असल व्यक्ति भएर देशको सेवा गर्नुपर्नेमा जोड दिए।

उक्त कार्यक्रममा संघका अध्यक्ष गगाराम मानन्धर ,पुर्व अध्यक्ष श्याम प्रसाद मानन्धर ,निवर्तमान अध्यक्ष माधब प्रजापति, महासचिब राम प्रसाद खर्वुजा,सचिब अल्बर्ट ब्रजाचार्यले पनि बोलेका थिए। सो कार्यक्रममा उपाध्यक्ष चन्द श्रेष्ठ, कोषाध्यक्ष श्याम दुवालको पनि उपस्थिति रहेको थियो।

संघले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत सो कार्यक्रम आयोजना गरेको हो।

 

Published Date: 28 July 2023


ताजा
रोटर्‍याक्ट क्लब अफ भक्तपुरद्वारा आयोजित ‘द आर्ट अफ पोडियम’ उद्घोषण तालिम सम्पन्न
प्रधानमन्त्री कार्यालयले भन्यो,”प्रधानमन्त्री वालेन्द्र शाहको मुस्ताङ भ्रमण निजी हो। “
भक्तपुरमा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
पहिलो डेटअघि जान्नैपर्ने १० महत्वपूर्ण कुरा


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
‘सिलु’को ऐतिहासिक गीतका स्वरदाता जुजुकाजी रञ्जित : चार दशकपछि पनि गुञ्जिँदैछ ‘हाय हा हाय प्रभु स्वामि’
भक्तपुरमा यहि साउन ३० गते गुञ्जिँदैछ अरुण थापाको सम्झना, २७औँ स्मृति दिवसमा सांगीतिक श्रद्धाञ्जली