भक्तपुरमा नगरपालिका भित्र धावा पसल राख्न नपाइने

साइकल, ठेलागाडा, गाडी पनि राख्न नपाइने

भक्तपुरमा नगरपालिका भित्र धावा पसल राख्न नपाइने : Icon Khabar

भक्तपुर, साउन १२ । भक्तपुरमा घुम्ती पसल व्यवसाय गर्न र धावा पसल राख्न नपाइने भएको छ।

भक्तपुर नगरपालिकाले शुक्रबार सडक आवागमन सुचारू गर्नेसम्बन्धी सूचना जारि गर्दै नगरपालिका भित्र सडकपेटी र फुटपाथमा पसलको सामान नराख्न, साइकल, ठेलागाडा, गाडी, धावा पसल नराख्न र घुम्ती पसल व्यवसाय सञ्चालन नगर्न भनिएको हो।

जसका कारण सर्वसाधारणको आवतजावतमा अवरोध भएको र सवारी दुर्घटनासमेत निम्तिन सक्ने कुरा उल्लेख गरेको छ।

उक्त सूचनालाई बेवास्ता गरी सड़कपेटी र फुटपाथमा पसलको सामग्री राख्ने कार्य, साइकल, ठेलागाडा, गाडी, धावा तथा घुम्ती पसल सञ्चालन गरिएको पाइएमा यसरी अनधिकृतरूपमा राखिएका सामग्री र निषेधित क्षेत्रमा सञ्चालन गरिने साइकल, ठलागाडा, गाडी, धावा पसलहरू उठाई वा हटाई नियमानुसार कारबाही गरिने नगरपालिकाले जारि गरेको सूचनामा भनिएको छ।

Published Date: 28 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर