भक्तपुरमा नगरपालिका भित्र धावा पसल राख्न नपाइने

साइकल, ठेलागाडा, गाडी पनि राख्न नपाइने

भक्तपुरमा नगरपालिका भित्र धावा पसल राख्न नपाइने : Icon Khabar

भक्तपुर, साउन १२ । भक्तपुरमा घुम्ती पसल व्यवसाय गर्न र धावा पसल राख्न नपाइने भएको छ।

भक्तपुर नगरपालिकाले शुक्रबार सडक आवागमन सुचारू गर्नेसम्बन्धी सूचना जारि गर्दै नगरपालिका भित्र सडकपेटी र फुटपाथमा पसलको सामान नराख्न, साइकल, ठेलागाडा, गाडी, धावा पसल नराख्न र घुम्ती पसल व्यवसाय सञ्चालन नगर्न भनिएको हो।

जसका कारण सर्वसाधारणको आवतजावतमा अवरोध भएको र सवारी दुर्घटनासमेत निम्तिन सक्ने कुरा उल्लेख गरेको छ।

उक्त सूचनालाई बेवास्ता गरी सड़कपेटी र फुटपाथमा पसलको सामग्री राख्ने कार्य, साइकल, ठेलागाडा, गाडी, धावा तथा घुम्ती पसल सञ्चालन गरिएको पाइएमा यसरी अनधिकृतरूपमा राखिएका सामग्री र निषेधित क्षेत्रमा सञ्चालन गरिने साइकल, ठलागाडा, गाडी, धावा पसलहरू उठाई वा हटाई नियमानुसार कारबाही गरिने नगरपालिकाले जारि गरेको सूचनामा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
0
+1
3
+1
0
+1
0
Published Date: 28 July 2023
Website | + posts






ताजा
नेपाल ग्रे लिस्टबाट बाहिरिन सरकारले कडा र ठोस कदम चालेको छ: उपप्रधानमन्त्री पौडेल
मंगलबार नेप्से परिसूचक ४१.७८ अंकले घट्यो
म्याग्दी केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प
भारतीय म्युजिक कम्पनी टी-सिरिज बन्यो ३० करोड सब्सक्राइबर पुर्‍याउने दोस्रो च्यानल




ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
आइडिया फर वर्ल्डले नेपालमा भित्रायो डोम हाउससहित २४ वटा अन्तर्राष्ट्रिय स्तरका नयाँ उत्पादनहरू
भक्तपुरको जगातीमा ५० हजार क्षमताको रंगशाला निर्माणका लागि प्रधानमन्त्रीले गरे छलफल
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण