अक्सफोर्ड प्राक्टिकल स्कुलमा सुरू भयो समर क्याम्प २०८०

अक्सफोर्ड प्राक्टिकल स्कुलमा सुरू भयो समर क्याम्प २०८० : Icon Khabar

भक्तपुर, साउन १२ । भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीमा अवस्थित अक्सफोर्ड प्राक्टिकल स्कुलमा समर क्याम्प २०८० सुरू भएको छ।

गर्मी बिदाको सदुपयोग स्वरूप विद्यार्थीहरुको सर्वाङ्गिण विकासमा योगदान दिदै आएको यस विद्यालयले विभिन्न सीप, कला सिकाउने हेतुले सो क्याम्प आयोजना गरेको हो।

भक्तपुर नगरपालिका वडा नं १ का वडाअध्यक्ष श्यामकृष्ण खत्रीद्वारा उद्घाटन गरिएको सो क्याम्प गरेका थिए । सो अवसरमा वडाअध्यक्ष खत्रीले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि पढाइका साथै विभिन्न अतिरिक्त क्रियाकलापलाई समेत अघि बढाए समय सुहाउँदो शिक्षा प्रदान गर्न सकिनेमा जोड दिए ।

अक्सफोर्डको यस समर क्याम्प संचालनार्थ १३ सदस्यको समिति गठन भएको छ। समितिको सल्लाहकारमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम दुवाल, संयोजकमा प्रिन्सिपल रवि दुवाल, क्याम्पकी संयोजक तथा इसिए इन्चार्ज मनिता नेपाल, क्याम्पका सहजकर्ता शिव भुजु, क्याम्पको क्वार्टर माष्टरमा प्रविणा दवाल, सन्चार सहजकर्तामा निरन्जन सिलवाल, क्याम्प सुपरभाइजरमा जीवन सुवाल, फोटोग्राफरमा इन्द्र दुवाल र ओम दुवाल रहेका छन् ।

त्यसैगरी समितिका सदस्यहरुमा इन्दु दुवाल, निर्जला प्रजापति, कृशला बयलकोटी, मेलिना श्रेष्ठ र बिष्णु लम्साल रहेका छन्। क्याम्पमा सहभागी विद्यार्थीहरुलाई पौडी, हाइकिङ, फिल्ड ट्रिप, डोरीका खेलहरु, स्काउटिङ सीप, फेस पेन्टिङ सँगै प्रतिभा प्रस्फुटन गर्ने मौका हुनेछ ।

साथै नेतृत्व तथा व्यक्तित्व विकास तालिम, भाषण कला तालिम, वर्कशप, सामुदायिक सेवा तथा स्वयंसेवाको प्रशिक्षण दिइने विद्यालयले जनाएको छ । पढाई सँगै व्याहारिक ज्ञानले मात्रै विद्यार्थीको व्यक्तित्व अनि नेतृत्व विकासमा टेवा पुग्ने विद्यालयका प्रिन्सिपल रवि दुवालले बताए।

विद्यालयले शिशु कक्षा देखि कक्षा १२ सम्म अध्ययन अध्यापन गराउदै आएको छ। कक्षा ११ मा व्यवस्थापन र मानविकी संकायमा भर्ना आह्वान गरेको छ। कक्षा ११ मा व्यवस्थापन संकाय अन्तर्गत विजनेश स्टडी, होटल म्यानेजमेन्ट, हस्पिटालिटी म्यानेजमेन्ट, कम्प्युटर साइन्स, मार्केटिङ्ग र अर्थशास्त्रको पढाइ हुन्छ भने मानविकी संकाय तर्फ़ सोसियोलोजी, अंग्रेजी, नेपाली, आम संचार, ग्रामिण विकास, जनसंख्या, र विजनेश म्याट (विज गणित) को पढाइ हुँदै आएको छ।

Published Date: 28 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर