फलफूल तथा तरकारीको भाउ सामान्य बढ्यो

फलफूल तथा तरकारीको भाउ सामान्य बढ्यो : Icon Khabar

काठमाडौं, साउन १२ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुक्रवारका लागि तरकारी तथा फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार आज ठूलो गोलभेँडाको मूल्य हिजोको तुलनामा १० रुपैयाँले वृद्धि भएको छ । नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य प्रतिकेजी एक सय रुपैयाँ रहेको छ । लोकल सानो गोलभेँडाको मूल्य भने आज स्थिर रहेर ३५ रुपैयाँ नै कायम छ । रातो आलु ४८ रुपैयाँ र भारतीय रातो आलुको न्यूनतम मूल्य ३६ रुपैयाँ रहेको छ ।

समितिका अनुसार स्थानीय काउलीको मूल्य भने हिजो तुलनामा २० रुपैयाँले घटेर ६० रुपैयाँ न्युनतम मूल्यमा विक्रि भईरहेको छ । यस्तै गाजरको मूल्य ३० रुपैयाँले बढेर प्रतिकेजी १२० रुपैयाँ पुगेको छ ।

यस्तै, घिउ सिमी लोकल २५, मूला रातो ३०, मूला सेतो लोकल २०, भन्टा लाम्चो ३०, मकै बोडी ४० , भटमास कोशा ८०, तितो करेला ५०, लौका ५०, परवल ३५, फर्सी पाकेको ४० हरियो फर्सी (डल्लो) ६०, कन्ने च्याउ २००, डल्ले च्याउ ३००, काँक्रो लोकल ४०, कुरीलो २५० र स्कूस ६० रुपैयाँ प्रतिकेजीमा खरीद–बिक्री भैरहेको छ । रायोको साग प्रतिकेजी ८० रुपैयाँ, तोरीको साग प्रतिकेजी ५० रुपैयाँ, हरीयो प्याज ८० रुपैयाँ न्युनतम मूल्य रहेको छ ।

फलफूलतर्फ केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ । फूजी स्याउ प्रतिकेजी ३५० नै कायम छ । कागतीको मूल्य भने स्थिर नै रहेर प्रतिकेजी १४० रुपैयाँमा विक्रि भईरहेको छ । अनार ३०० रुपैयाँ न्युनतम मूल्यमा पाइने छ । आँप मालदह १५०, अंगुर कालोको ५०० रुपैयाँ मूल्य तोकिएको छ । तरबुजा हरियो ८०, मौसम २२०, किबि ८००, मेवा ९० रुपैयाँ र नासपाति लोकल ६० रुपैयाँ न्युनतम मूल्य प्रतिकेजी तोकिएको छ ।

Published Date: 28 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर