आज शुक्रबार नेपाली सिनेमा हालमा रकी और रानीकी प्रेम कहानी, टक टु मी र धुमम

आज शुक्रबार नेपाली सिनेमा हालमा रकी और रानीकी प्रेम कहानी, टक टु मी र धुमम : Icon Khabar

काठमाडौं, साउन ११ । हलिउड फिल्म ‘ओपेनहाइमर’ र ‘बार्बी’को दबदबा कायम रहँदा शुक्रबारदेखि नेपालमा बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’, अष्ट्रेलियाली फिल्म ‘टक टु मी’ र दक्षिण भारतीय फिल्म ‘धुमम’ रिलिज भएका छन् ।

रणवीर सिंह, आलिया भट्ट, धर्मेन्द्र, जया बच्चन र सबाना आजमीको अभिनय रहेको ‘रकी और रानीकी प्रेम कहानी’लाई करण जोहरले निर्देशन गरेका हुन् ।

अष्ट्रेलियाको सुपरन्याचुरल जनरामा आधारित ‘टक टु मी’ डेनी एण्ड माइकल फिलिपले संयुक्त रुपमा निर्देशन गरेका हुन् । सोफी वाइल्ड, अलेकजान्ड्रा जेनसेन र जोय बर्ड लगायतको शीर्ष भूमिका यसमा छ ।

साथीहरुको एक समूहले कसरी सुगन्धित हातको प्रयोग गरेर आत्माहरुलाई नियन्त्रणमा लिन्छन् र त्यसपछि कथावस्तु कसरी अघि बढ्छ भन्ने बारेमा फिल्म आधारित छ ।

दक्षिण भारतीय फिल्म ‘केजीएफ’को निर्माता कम्पनी हम्बेल पिक्चर्सले निर्माण गरेको नयाँ फिल्म ‘धुमम’ पनि शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको थियो । पवन कुमार निर्देशित फिल्मलाई एक्सन, एड्भेन्चर ड्रामा जनरामा राखिएको छ ।

फिल्ममा फहद फैसल, अपर्ना बालामुरली र रोशन मार्थ्यु शीर्ष भूमिकामा छन् । मुख्य पात्र अविनाश चर्चित चुरोट उत्पादक कम्पनीको मार्केटिङको जागिर छाड्न चाहन्छन्, तर यससँगै कथावस्तु नयाँ ढंगले अघि बढ्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 28 July 2023
Website | + posts










ताजा
काठमाडौंको सार्वजनिक स्थलहरूमा धुम्रपान गरे रू पाँच सय जरिवाना तिर्नुपर्ने
सबै सरकारी अस्पतालले हरेक शुक्रबार बिहान एक घण्टा लामखुट्टेको लार्भा नष्ट गर्नुपर्ने
नयाँ नोट छाप्नका लागि राष्ट्र बैंकद्वारा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान
कुलमान घिसिङ निस्के अमेरिका र युरोप यात्रामा










ट्रेन्डिङ
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट