आज शुक्रबार नेपाली सिनेमा हालमा रकी और रानीकी प्रेम कहानी, टक टु मी र धुमम

आज शुक्रबार नेपाली सिनेमा हालमा रकी और रानीकी प्रेम कहानी, टक टु मी र धुमम : Icon Khabar

काठमाडौं, साउन ११ । हलिउड फिल्म ‘ओपेनहाइमर’ र ‘बार्बी’को दबदबा कायम रहँदा शुक्रबारदेखि नेपालमा बलिउड फिल्म ‘रकी और रानीकी प्रेम कहानी’, अष्ट्रेलियाली फिल्म ‘टक टु मी’ र दक्षिण भारतीय फिल्म ‘धुमम’ रिलिज भएका छन् ।

रणवीर सिंह, आलिया भट्ट, धर्मेन्द्र, जया बच्चन र सबाना आजमीको अभिनय रहेको ‘रकी और रानीकी प्रेम कहानी’लाई करण जोहरले निर्देशन गरेका हुन् ।

अष्ट्रेलियाको सुपरन्याचुरल जनरामा आधारित ‘टक टु मी’ डेनी एण्ड माइकल फिलिपले संयुक्त रुपमा निर्देशन गरेका हुन् । सोफी वाइल्ड, अलेकजान्ड्रा जेनसेन र जोय बर्ड लगायतको शीर्ष भूमिका यसमा छ ।

साथीहरुको एक समूहले कसरी सुगन्धित हातको प्रयोग गरेर आत्माहरुलाई नियन्त्रणमा लिन्छन् र त्यसपछि कथावस्तु कसरी अघि बढ्छ भन्ने बारेमा फिल्म आधारित छ ।

दक्षिण भारतीय फिल्म ‘केजीएफ’को निर्माता कम्पनी हम्बेल पिक्चर्सले निर्माण गरेको नयाँ फिल्म ‘धुमम’ पनि शुक्रबारदेखि नेपाली हलमा रिलिज भएको थियो । पवन कुमार निर्देशित फिल्मलाई एक्सन, एड्भेन्चर ड्रामा जनरामा राखिएको छ ।

फिल्ममा फहद फैसल, अपर्ना बालामुरली र रोशन मार्थ्यु शीर्ष भूमिकामा छन् । मुख्य पात्र अविनाश चर्चित चुरोट उत्पादक कम्पनीको मार्केटिङको जागिर छाड्न चाहन्छन्, तर यससँगै कथावस्तु नयाँ ढंगले अघि बढ्छ ।

Published Date: 28 July 2023


ताजा
पश्चिमी र मनसुनी वायुको प्रभाव: आज कहाँ-कहाँ हुँदैछ वर्षा र हिमपात?
आज मंगलबारको राशिफल
विदेशी मुद्राको विनिमय दर: डलर, युरो र पाउन्डको मूल्य कति?
पश्चिमी र मनसुनी वायुको प्रभाव: पहाडी तथा हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
भक्तपुरमै पहिलोपटक ग्लोबल गुरुकुलद्वारा आयोजित ‘सिप एण्ड पेन्ट’ कला कार्यशाला सम्पन्न
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै
अमरज्योति ज्ञानकुञ्जमा ‘जुनियर पार्लियामेन्ट एसेम्बली’ सम्पन्न, विद्यार्थीलाई संसदीय अभ्यासको अवसर