स्वीकृत नगराई बिदा बस्ने २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह

स्वीकृत नगराई बिदा बस्ने २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह : Icon Khabar

काठमाडौं, साउन १० । प्रहरी प्रधान कार्यालय नक्सालले बिदा स्वीकृत नगराई कार्यालयमा हाजिर नभएका २२ जना प्रहरीलाई सात दिनभित्र सम्पर्कमा आउन आग्रह गरेको छ ।

एकजना हबल्दार, पाँचजना सहायक हबल्दार र १६ जना जवान लामो समयदेखि गैरहाजिर रहेको जनाइएको छ । प्रहरी प्रधान कार्यालयले आज एक सूचना प्रकाशित गरी गैरहाजिरी हुनाका कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र हाजिर हुन आग्रह गरेको हो ।

गैरहाजिरी रहेका एक हबल्दार, पाँच सहायक हबल्दार र १६ जना जवानलाई स्पष्टीकरणसहित सात दिनभित्र सम्पर्कमा आउन उक्त सूचनामार्फत प्रहरी प्रधान कार्यालयले निर्देशनसमेत दिएको छ । निर्देशन अटेर गरेमा सेवाबाट हटाइने सूचनामा उल्लेख गरिएको छ ।

Published Date: 26 July 2023






ताजा
गएराति भक्तपुरको ख्वप्रिङ इङ्गलिस एकेडेमीमा आगलागी हुँदा लाखौं रुपैयाँ बराबरको क्षति
भक्तपुरमा खुकुरी प्रहार गरी श्रीमतीको हत्या, छोरा घाइते
कोरला नाका हुँदै भित्रिएका ठूलो संख्याका विद्युतीय सवारीसाधन सरकारी नियन्त्रणमा
नेपाली बजारमा आज सुनको भाउमा सामान्य गिरावट


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुरको युनिटी इङ्ग्लिस स्कुलका विशाल थापाले एसईई २०८२ मा ल्याए ४ जीपीए
सूर्योदय सेकेण्डरी स्कूल : उज्यालो भविष्यको भरोसायोग्य शैक्षिक केन्द्र
शनिबार भक्तपुर नगर परिक्रमा गर्दै मोडर्न स्कूल/कलेजको हेरिटेज वाकाथुन सम्पन्न