मंगलबार सुनको मूल्य बढ्याे

मंगलबार सुनको मूल्य  बढ्याे : Icon Khabar

काठमाडौं, साउन ९ । लगातार तीन दिनदेखि घटेको सुनको मूल्य मंगलबार बढेको छ । साउन ९ गते, सुन तोलामा २०० रुपैयाँले महंगिएको छ । चाँदी भने लगातार चौथो दिन पनि सस्तिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १२ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख ११ हजार ६५० रुपैयाँ पुगेको छ ।

सोमबार भने सुन तोलामा ३०० रुपैयाँले घटेर एक लाख १२ हजार रुपैयाँमा झरेको थियो । त्यसअघि तीन दिनमा सुन प्रतितोला एक हजार ६०० रुपैयाँले गिरावट भएको गियो ।

मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा एक हजार ४५५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

बिहीबारयता चाँदी प्रतितोला ४० रुपैयाँले गिरावट भइसकेको छ । सोमबार चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले घट्दा एक हजार ४६० रुपैयाँमा किनबेच भएको थियो ।

Published Date: 25 July 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै