दक्षिण कोरियामाथि कोलम्वियाको सहज जित

दक्षिण कोरियामाथि कोलम्वियाको सहज जित : Icon Khabar

सिड्नी, साउन ९ । – दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले फिफा महिला विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियामाथि सहज जित हात पारेको छ ।

कोलम्वियाले दक्षिण कोरियामाथि २–० को सहज जित हात पारेको हो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा मंगलबार भएको खेलमा कोलम्वियाको सहज जितमा काटालिना उस्मी र लिन्डा काइसेडोले गोल गरिन् । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको सुरुवातदेखि नै बल पोेसेसन राख्दै दवाव बढाएको कोलम्वियाले गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । काटालिना उस्मीले गोल गर्दै कोलम्वियाको गोलको खाता खोलिन् ।

उनले पेनाल्टीमार्फत गोल गर्न सफल भएकी थिइन् । मानुएला भानेगासको शक्तिशाली भली प्रहार सि यिन सिमले हातले रोक्न पुगेपछि रेफ्रीले कोलम्वियालाई पेनाल्टी प्रदान गर्दा काटालिन चुकिनन् ।

३९औं मिनेटमा लिन्डा काइसेडोले गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै कोलम्वियालाई ३ अंक बटुल्न पर्याप्त बन्यो ।

यस जितसँगै कोलम्वियाले समूह ‘एच’ मा ३ अंक बटुलेर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । समान ३ अंक नै भएपनि जर्मनी गोल अन्तरमा शीर्षस्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 25 July 2023
Website | + posts




ताजा
रियल म्याड्रिडद्वारा बार्सिलोना २–१ ले पराजित
आमादब्लम हिमाल आरोण गर फर्किने क्रममा घाइते भएका आरोहिको मृत्यु
सामसङ नेपालद्वारा ‘शार्क ट्याङ्क नेपाल’ का शार्कहरूलाई ग्यालेक्सी जेड फोल्ड ७ प्रदान
अमेरिकासँग नेपाल १ सय ६ रनले पराजित


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने