दक्षिण कोरियामाथि कोलम्वियाको सहज जित

दक्षिण कोरियामाथि कोलम्वियाको सहज जित : Icon Khabar

सिड्नी, साउन ९ । – दक्षिण अमेरिकी राष्ट्र कोलम्वियाले फिफा महिला विश्वकप फुटबलमा एसियाली राष्ट्र दक्षिण कोरियामाथि सहज जित हात पारेको छ ।

कोलम्वियाले दक्षिण कोरियामाथि २–० को सहज जित हात पारेको हो । सिड्नी फुटबल स्टेडियम सिड्नी अष्ट्रेलियामा मंगलबार भएको खेलमा कोलम्वियाको सहज जितमा काटालिना उस्मी र लिन्डा काइसेडोले गोल गरिन् । दुवै गोल पहिलो हाफमा भएको थियो ।

खेलको सुरुवातदेखि नै बल पोेसेसन राख्दै दवाव बढाएको कोलम्वियाले गोलको लागि ३९औं मिनेट कुर्नुपरेको थियो । काटालिना उस्मीले गोल गर्दै कोलम्वियाको गोलको खाता खोलिन् ।

उनले पेनाल्टीमार्फत गोल गर्न सफल भएकी थिइन् । मानुएला भानेगासको शक्तिशाली भली प्रहार सि यिन सिमले हातले रोक्न पुगेपछि रेफ्रीले कोलम्वियालाई पेनाल्टी प्रदान गर्दा काटालिन चुकिनन् ।

३९औं मिनेटमा लिन्डा काइसेडोले गोल गर्दै कोलम्वियालाई पहिलो हाफमा २–० को अग्रता दिलाइन् । दोस्रो हाफमा थप गोल निस्कन नसक्दा पहिलो हाफको दुई गोल नै कोलम्वियालाई ३ अंक बटुल्न पर्याप्त बन्यो ।

यस जितसँगै कोलम्वियाले समूह ‘एच’ मा ३ अंक बटुलेर नकआउट चरण पुग्ने सम्भावना बलियो बनाएको छ । समान ३ अंक नै भएपनि जर्मनी गोल अन्तरमा शीर्षस्थानमा छ ।

Published Date: 25 July 2023


ताजा
अस्ट्रेलियाको ढोका साँघुरिँदा नेपाली कन्सल्टेन्सीको ‘बिजनेस मोडल’मा भूकम्प
अपेनको माग : प्रारम्भिक बालविकासलाई ऐनमै सुनिश्चित गर, निजी क्षेत्रको लगानी संरक्षण गर
भक्तपुर प्रहरीको कारबाही : अदालतबाट सजाय तोकिएका ३ जना पक्राउ
मौसम पूर्वानुमान : बागमती, कोशी र गण्डकीमा भारी वर्षाको सम्भावना


ट्रेन्डिङ
इन्दिरा लाछिमस्युको जीवन पर्दामा, भक्तपुरमा ‘इन्दिरा धिमे मैंचा’का चारै शो हाउसफुल
चेक अनादर मुद्दामा फरार व्यक्ति पक्राउ
सा:पारूको मौलिकता माथि ‘उच्छृंखलता’को प्रहार, विकृति रोक्न कडा कारबाहीको माग
कुनै समय भक्तपुर नपा- ४ को कार्यालय रहेको बुल्चाको पाटी अजंगको पीपल र फ्लेक्स बोर्डले ढाकिँदै