महिला विश्वकप फुटबलमा जर्मनी र इटालीको विजयी सुरुवात

महिला विश्वकप फुटबलमा जर्मनी र इटालीको विजयी सुरुवात : Icon Khabar

काठमाडौं, साउन ८ । जर्मनी र इटालीले न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेका छन् ।

समूह ‘एच’ अन्तर्गत सोमबार भएको खेलमा जर्मनीले मोरोक्कोलाई ६–० गोलले हरायो । समूह ‘जी’ को अर्को खेलमा इटालीले अर्जेन्टिनामाथि १–० गोलको कठिन जित निकालेको हो ।

एकपक्षीय खेलमा जर्मनीलाई जिताउन अलेसान्ड्रा पोपले ११औँ र ३९औँ मिनेटमा दुई गोल गरेका थिए । क्लारा वुलले ४६औँ र लिआ स्कुलेरले ९०औँ मिनेटमा गोल गरेका थिए ।

जर्मनीले बाँकी दुई गोल ५४औँ र ७९औँ मिनेटमा मोरोक्कोबाट आत्मघाती उपहार पाएको थियो । जितसँगै जर्मनीले महत्त्वपूर्ण तीन अङ्क बनाएको छ । मोरोक्कोले हारबाट विश्वकपको शुभारम्भ गरेको छ ।

यस्तै न्युजिल्यान्डको अकल्यान्डमा भएको खेलमा इटालीलाई जिताउन क्रिस्टियना गिरेली निर्णायक गोल गरे । गिरेलीले ८७औँ मिनेटमा गोल गर्दै इटालीलाई जित दिलाएको हो ।

जितसँगै इटालीले समूहमा तीन अङ्क बनाएको छ । यस समूहमा स्विडेन को पनि तीन अङ्क छ । स्विडेनले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । अर्जेन्टिनाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ । एजेन्सी

Published Date: 24 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक