महिला विश्वकप फुटबलमा जर्मनी र इटालीको विजयी सुरुवात

महिला विश्वकप फुटबलमा जर्मनी र इटालीको विजयी सुरुवात : Icon Khabar

काठमाडौं, साउन ८ । जर्मनी र इटालीले न्युजिल्यान्ड र अस्ट्रेलियामा जारी फिफा महिला विश्वकप फुटबलमा विजयी सुरुवात गरेका छन् ।

समूह ‘एच’ अन्तर्गत सोमबार भएको खेलमा जर्मनीले मोरोक्कोलाई ६–० गोलले हरायो । समूह ‘जी’ को अर्को खेलमा इटालीले अर्जेन्टिनामाथि १–० गोलको कठिन जित निकालेको हो ।

एकपक्षीय खेलमा जर्मनीलाई जिताउन अलेसान्ड्रा पोपले ११औँ र ३९औँ मिनेटमा दुई गोल गरेका थिए । क्लारा वुलले ४६औँ र लिआ स्कुलेरले ९०औँ मिनेटमा गोल गरेका थिए ।

जर्मनीले बाँकी दुई गोल ५४औँ र ७९औँ मिनेटमा मोरोक्कोबाट आत्मघाती उपहार पाएको थियो । जितसँगै जर्मनीले महत्त्वपूर्ण तीन अङ्क बनाएको छ । मोरोक्कोले हारबाट विश्वकपको शुभारम्भ गरेको छ ।

यस्तै न्युजिल्यान्डको अकल्यान्डमा भएको खेलमा इटालीलाई जिताउन क्रिस्टियना गिरेली निर्णायक गोल गरे । गिरेलीले ८७औँ मिनेटमा गोल गर्दै इटालीलाई जित दिलाएको हो ।

जितसँगै इटालीले समूहमा तीन अङ्क बनाएको छ । यस समूहमा स्विडेन को पनि तीन अङ्क छ । स्विडेनले आफ्नो पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको थियो । अर्जेन्टिनाले भने हारबाट विश्वकपको सुरुवात गरेको छ । एजेन्सी

Published Date: 24 July 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता