सोमबार नेप्से परिसूचक २६.६६ अंकले घट्यो

सोमबार नेप्से परिसूचक २६.६६ अंकले घट्यो : Icon Khabar

काठमाडौं, साउन ८ । सोमबार नेप्से परिसूचक २६.६६ अंकले घटेर २२००.५० विन्दुमा अडिएको छ ।

आज नेप्से घटेपनि कारोबार रकम भने थप बढेको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा ४ अर्ब ७३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

आज २६५ कम्पनीको २ करोड ९ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २५ करोड ५६ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः ग्लोबल आइएमई बैंक र प्रभु बैंक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2023
Website | + posts