बलिउड आफ्नो सपना नरहेको बताउने यी अभिनेत्री

बलिउड आफ्नो सपना नरहेको बताउने यी अभिनेत्री : Icon Khabar

मुम्बई, साउन ८ । बलिउडमा काम गर्न पाउनुलाई धेरै भाग्यको कुरा मान्छन् । त्यस्ता धेरै कलाकार छन्, जो बलिउड डेब्यू गर्नका लागि जे पनि गर्न तयार हुन्छन् ।

तर त्यस्ता धेरै कलाकार छन्, जसले बलिउडमा आफ्नो परिचय बनाउन सफल भएता पनि बलिउड आफ्नो सपना नरहेको बताएका छन् ।

अभिनेत्री काजोल एक स्थापित कलाकार हुन् । काजोलले आफ्नो अभिनय कुशलताका कारण बलिउडमा परिचय बनाउन सफल रहिन् । तर काजोलले एउटा अन्तर्वार्ताको क्रममा आफूले कहिले पनि अभिनय गर्न नचाहेको बताएकी छिन् । उनी नाइन टु फाइवको जागिर खान चाहन्थिन् ।

अभिनेत्री रविना टण्डन एक समयकी अति व्यस्त अभिनेत्री हुन् । रविनाले पनि आफूले फिल्ममा काम गर्न नचाहेको बताएकी छिन् ।

अभिनेत्री आम्रपालीको सपना डाक्टर बन्ने थियो, तर पछि उनी अभिनय क्षेत्रमा प्रवेश गरिन् । उनको परिचय अभिनेत्रीको रुपमा भयो ।

२००६ मा अभिनय क्षेत्रमा पाइला राखेकी मौनी रोयले ‘क्यूँ की सास भि कभि बहु थी’ धारावाहिकबाट डेब्यू गरेकी हुन् । उनी सानो पर्दामा बढी पारिश्रमिक लिने पनि अभिनेत्री हुन् । तर मौनीलाई अभिनयभन्दा पनि आइएएस अफिसर बन्ने चाहना थियो ।

Published Date: 24 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी