बलिउड आफ्नो सपना नरहेको बताउने यी अभिनेत्री

बलिउड आफ्नो सपना नरहेको बताउने यी अभिनेत्री : Icon Khabar

मुम्बई, साउन ८ । बलिउडमा काम गर्न पाउनुलाई धेरै भाग्यको कुरा मान्छन् । त्यस्ता धेरै कलाकार छन्, जो बलिउड डेब्यू गर्नका लागि जे पनि गर्न तयार हुन्छन् ।

तर त्यस्ता धेरै कलाकार छन्, जसले बलिउडमा आफ्नो परिचय बनाउन सफल भएता पनि बलिउड आफ्नो सपना नरहेको बताएका छन् ।

अभिनेत्री काजोल एक स्थापित कलाकार हुन् । काजोलले आफ्नो अभिनय कुशलताका कारण बलिउडमा परिचय बनाउन सफल रहिन् । तर काजोलले एउटा अन्तर्वार्ताको क्रममा आफूले कहिले पनि अभिनय गर्न नचाहेको बताएकी छिन् । उनी नाइन टु फाइवको जागिर खान चाहन्थिन् ।

अभिनेत्री रविना टण्डन एक समयकी अति व्यस्त अभिनेत्री हुन् । रविनाले पनि आफूले फिल्ममा काम गर्न नचाहेको बताएकी छिन् ।

अभिनेत्री आम्रपालीको सपना डाक्टर बन्ने थियो, तर पछि उनी अभिनय क्षेत्रमा प्रवेश गरिन् । उनको परिचय अभिनेत्रीको रुपमा भयो ।

२००६ मा अभिनय क्षेत्रमा पाइला राखेकी मौनी रोयले ‘क्यूँ की सास भि कभि बहु थी’ धारावाहिकबाट डेब्यू गरेकी हुन् । उनी सानो पर्दामा बढी पारिश्रमिक लिने पनि अभिनेत्री हुन् । तर मौनीलाई अभिनयभन्दा पनि आइएएस अफिसर बन्ने चाहना थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2023
Website | + posts