सामुदायिक विद्यालयलाई मर्ज गर्ने योजना छैन: काठमाडौं महानगरपालिका

सामुदायिक विद्यालयलाई मर्ज गर्ने योजना छैन: काठमाडौं महानगरपालिका : Icon Khabar

काठमाडौं, साउन ८ । काठमाडौं महानगरपालिकाले अहिले नै सहरका सामुदायिक विद्यालयलाई मर्ज गर्ने योजना नरहेको स्पष्ट पारेको छ ।

हाल महानगरपालिकामा ८९ सामुदायिक विद्यालय छन् । तीमध्ये ५९ माध्यमिक विद्यालय रहेका छन् भने संस्थागत विद्यालयको संख्या ५०४ रहेको छ । महानगरपालिकाले सहरमा सञ्चालित ती सबै विद्यालयलाई स्तरोन्नति गर्ने तयारी गरिरहेको कामनपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताए ।

कोइरालाले भने, ‘कम विद्यार्थी भएका विद्यालयमा विद्यार्थी संख्या बढाउने, विद्यालयमा पूर्वाधार निर्माण गर्ने, जनशक्ति र अन्य स्रोतसाधन उपलब्ध गराउने विद्यालयमा गुणस्तरीय शिक्षा दिने हाम्रो मुख्य उद्देश्य रहेको छ ।

पछिल्लो समय सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै गएको बताउँदै उनले यही अनुपातमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरिरहँदा कामनपाले आफैंले सामुदायिक विद्यालय सञ्चालन गर्नुपर्ने हुनसक्ने बताए ।

यसअघि कामनपाले अपुग विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयलाई एक आपसमा गाभ्ने विचार गरिरहेको थियो । कोइरालाले अहिले मर्जरको सम्भावनालाई अस्वीकार गरेका छन् ।

कामनपाले सहरका सामुदायिक विद्यालयको सौन्दर्यीकरणका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ भने चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कामनपाले १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 24 July 2023
Website | + posts