सामुदायिक विद्यालयलाई मर्ज गर्ने योजना छैन: काठमाडौं महानगरपालिका

सामुदायिक विद्यालयलाई मर्ज गर्ने योजना छैन: काठमाडौं महानगरपालिका : Icon Khabar

काठमाडौं, साउन ८ । काठमाडौं महानगरपालिकाले अहिले नै सहरका सामुदायिक विद्यालयलाई मर्ज गर्ने योजना नरहेको स्पष्ट पारेको छ ।

हाल महानगरपालिकामा ८९ सामुदायिक विद्यालय छन् । तीमध्ये ५९ माध्यमिक विद्यालय रहेका छन् भने संस्थागत विद्यालयको संख्या ५०४ रहेको छ । महानगरपालिकाले सहरमा सञ्चालित ती सबै विद्यालयलाई स्तरोन्नति गर्ने तयारी गरिरहेको कामनपाका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले बताए ।

कोइरालाले भने, ‘कम विद्यार्थी भएका विद्यालयमा विद्यार्थी संख्या बढाउने, विद्यालयमा पूर्वाधार निर्माण गर्ने, जनशक्ति र अन्य स्रोतसाधन उपलब्ध गराउने विद्यालयमा गुणस्तरीय शिक्षा दिने हाम्रो मुख्य उद्देश्य रहेको छ ।

पछिल्लो समय सामुदायिक विद्यालयप्रति आकर्षण बढ्दै गएको बताउँदै उनले यही अनुपातमा सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गरिरहँदा कामनपाले आफैंले सामुदायिक विद्यालय सञ्चालन गर्नुपर्ने हुनसक्ने बताए ।

यसअघि कामनपाले अपुग विद्यार्थी संख्या भएका सामुदायिक विद्यालयलाई एक आपसमा गाभ्ने विचार गरिरहेको थियो । कोइरालाले अहिले मर्जरको सम्भावनालाई अस्वीकार गरेका छन् ।

कामनपाले सहरका सामुदायिक विद्यालयको सौन्दर्यीकरणका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ भने चालू आर्थिक वर्षमा शिक्षा क्षेत्रमा कामनपाले १ अर्ब ३ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ ।

Published Date: 24 July 2023


ताजा
जनैपूर्णिमा मेला लक्षित गोसाइँकुण्डमा तयारी तीव्र, ११ उपसमिति परिचालनदेखि निःशुल्क उद्धारसम्मको व्यवस्था
भक्तपुरमा आज गाथामाग चःर्‍हे मनाइँदै
अण्डाको मूल्य फेरी बढ्यो
सुनको मूल्य तोलामा ६ हजार ४ सयले बढ्यो, चाँदी पनि महँगियो


ट्रेन्डिङ
भक्तपुर अस्पतालको आईसीयू र इमर्जेन्सीमा तोडफोड गर्ने आरोपमा एक महिला पक्राउ, अनुसन्धान जारी
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु