आदर्श आजादमा आजदेखि कक्षा ११ को नियमित पठनपाठन सुरू

आदर्श आजादमा आजदेखि कक्षा ११ को नियमित पठनपाठन सुरू : Icon Khabar

भक्तपुर, साउन ७ । भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलमा अवस्थित आदर्श आजाद माध्यमिक विद्यालयमा आजदेखि कक्षा ११ को नियमित पठनपाठन सुरू भएको छ ।

आज नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गर्दै विद्यालयका प्रधानाध्यापक श्रीकृष्ण किसीले विद्यार्थीहरुको व्यक्तित्व विकासमा आदर्श आजाद मा विले खेलेको भूमिकाबारे चर्चा गदै नवआगन्तुक विद्यार्थीहरुलाई शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका थिए।

अभिमुखीकरण कार्यक्रमसँगै स्वागत गर्दै सहायक प्रधानाध्यापक चक्रबहादुर चाकतुले व्यवस्थापन संकायको महत्व सम्बन्धमा बोलका थिए। कार्यक्रममा नेपाली विषय शिक्षक आशाकुमार चिकंबञ्जार, कानुन विषयका लक्ष्मीसुन्दर सुवाल र कण प्रजापति, अंग्रेजी विषयका अनुसा स्यामा र होटल व्यवस्थापनका जेसिका राजथलाले सम्बन्धित विषयको सम्बन्धमा चर्चा गरेका थिए ।

कार्यक्रम सञ्चालक शिक्षक राकेश सुकुपायोले सामाजिक अध्ययन विषयको बारेमा बोलेका थिए । कार्यक्रम पश्चात आजैबाट कक्षा ११ को कानुन, व्यवस्थापन, होटल म्यानेजमेन्ट, मानविकी र शिक्षा शास्त्रको पठनपाठन सुरू भएको हो।

Published Date: 23 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी