इमर्जिङ कप फाइनल : भारतविरुद्ध पाकिस्तानको विष्फोटक ब्याटिङ

ताहिरको सानदार शतक

इमर्जिङ कप फाइनल : भारतविरुद्ध पाकिस्तानको विष्फोटक ब्याटिङ : Icon Khabar

काठमाडौं, साउन ७ । पाकिस्तानका मध्यक्रमका ब्याटर तयाब ताहिरले एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए विरुद्ध सानदार शतक प्रहार गरेका छन् । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४४ ओभरमा ३ सय ५ रन बनाएको छ ।

तयाब ताहिर ६९ बलमा १२ चौका र ४ छक्कासहित १ सय ७ रनमा क्रिजमा छन् । उनलाई मुबासिर खानले २६ रनमा साथ दिएका छन् ।

पाकिस्तानको लागि दुई युवा ओपनर सैम अयुब र शहिबजादा फराहनले १७.२ ओभरमा १ सय २१ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । सैम ५९ र फहरान ६५ रनमा आउट भए ।

Published Date: 23 July 2023


ताजा
पहिरो नियन्त्रणसँगै बेनी–जोमसोम सडक स्तरोन्नति तीव्र
वर्षा हुने क्रम तीव्र बन्दै गएसँगै भक्तपुरमा पनि बाढि आउने जोखिम
थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर नेपाल आएका तीन भारतीय नागरिक पक्राउ
इतिहास रच्दै दीपमाला ढकाल बनिन् मिस नेपाल २०२६, उपाधि जित्ने पहिलो गैरआवासीय नेपाली


ट्रेन्डिङ
भक्तपुरमा ‘कोरा जात्रा २०२६’ भव्यताका साथ सम्पन्न
नगरकोटको महादेव खोलाको दूषित पानी भक्तपुरमा वितरण! सांसद अवालद्वारा केयूकेएलको कार्यशैलीमाथि गम्भीर प्रश्न
पूजाआजाका नाममा भक्तपुर दरबार क्षेत्रको गोल्डेन गेटका भैरव–भैरवी र नरसिंह मूर्ति जोखिममा
लोकतान्त्रिक अभ्यास सिकाउँदै मोडर्न स्कूल/कलेजमा नमूना संसद–२०८३ सुरु