इमर्जिङ कप फाइनल : भारतविरुद्ध पाकिस्तानको विष्फोटक ब्याटिङ

ताहिरको सानदार शतक

इमर्जिङ कप फाइनल : भारतविरुद्ध पाकिस्तानको विष्फोटक ब्याटिङ : Icon Khabar

काठमाडौं, साउन ७ । पाकिस्तानका मध्यक्रमका ब्याटर तयाब ताहिरले एसिसी इमर्जिङ टिम्स एसिया कपको फाइनलमा भारत ए विरुद्ध सानदार शतक प्रहार गरेका छन् । कोलोम्बोमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पाकिस्तानले ४४ ओभरमा ३ सय ५ रन बनाएको छ ।

तयाब ताहिर ६९ बलमा १२ चौका र ४ छक्कासहित १ सय ७ रनमा क्रिजमा छन् । उनलाई मुबासिर खानले २६ रनमा साथ दिएका छन् ।

पाकिस्तानको लागि दुई युवा ओपनर सैम अयुब र शहिबजादा फराहनले १७.२ ओभरमा १ सय २१ रनको शतकीय साझेदारीका साथ उत्कृष्ट सुरुवात दिलाएका थिए । सैम ५९ र फहरान ६५ रनमा आउट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने