आइतबार नेप्से परिसूचक ६३.२४ अंकले बढ्यो

आइतबार नेप्से परिसूचक ६३.२४ अंकले बढ्यो : Icon Khabar

काठमाडौँ, साउन ७ । आइतबार नेप्से परिसूचक ६३.२४ अंक बढेर २२२७.२४ विन्दुमा पुगेको छ। क्स १४.४१ अंक बढेको छ भने फ्लोट इण्डेक्स ४.७७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.५१ अंक बढेको छ।

नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन ३ अर्ब बराबरको शेयर खरिदबिक्री भएको बजारमा आज २६६ स्टकको ७५ हजार ८६ पटकको कारोबारमा ४ अर्ब ३७ करोड ५१ लाख रुपैयाँ बराबरको १ करोड २० लाख २ हजार कित्ता शेयर खरिदबिक्री भएको छ।
आज १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ४.९८ प्रतिशत बढेको छ। त्यसैगरी, आज विकास बैंक र व्यापार उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढी बढेको छ भने होटल तथा पर्यटन र लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts