अमेरिकी मोटर कम्पनी फोर्डको पहिलो कार सन् १९०३ मा आजकै दिन बिक्री

अमेरिकी मोटर कम्पनी फोर्डको पहिलो कार सन् १९०३ मा आजकै दिन बिक्री : Icon Khabar

काठमाडौँ, साउन ७ । सन् १९०३ मा आजकै दिन (जुलाई २३) मा अमेरिकी मोटर कम्पनी फोर्डले पहिलो कार बिक्री गरेको थियो । ‘फोर्ड मोडल ए’ नाम दिइएको कार अमेरिकाको सिकागोस्थित डेन्टिस्ट अर्नेस्ट फेनिङलाई बिक्री गरिएको थियो ।

१९०३ को जुनमा हेनरी फोर्डले अन्य ११ जना लगानीकर्तासँग मिलेर अमेरिकाको मिसिगनमा कम्पनी स्थापना गरेका हुन् । १९०४ को अन्त्यसम्म झन्डै दुई हजार कार उत्पादन गरेको थियो । १२ जना लगानीकर्ताले २८ हजार अमेरिकी डलरमा सुरु गरेको कम्पनीले १९०३ को अक्टोबरसम्म ३७ हजार नाफा कमाइसकेको थियो ।

१९०४ को अन्त्यमा कम्पनीले दोस्रो मोडल ‘फोर्ड मोडल सी’ उत्पादन सुरु गरेको थियो । १९०८ को अक्टोबरदेखि बिक्री सुरु गरिएको ‘मोडल टी’ का कार १९२७ सम्ममा डेढ करोडभन्दा बढी बिक्री भएका थिए । फोर्ड हाल विश्वकै पाँचौं ठूलो कार निर्माण कम्पनी हो ।

Published Date: 23 July 2023


ताजा
नेपालमा दैनिक ६५ लाख लिटर दूध उत्पादन, दही–चिउराको परम्पराले स्वदेशी उत्पादनलाई टेवा
शुक्रबार सुनको भाउ प्रतितोला ८ सय रुपैयाँले बढ्यो
शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर
पूर्वी र मध्य नेपालमा मनसुन सक्रिय, कतै वर्षा र हिमपात त कतै तातो हावाको चेतावनी


ट्रेन्डिङ
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न
भक्तपुर दरबार क्षेत्रदेखि दत्तात्रय क्षेत्रसम्म इलेक्ट्रिक सवारी सञ्चालन गर्नुपर्ने : पर्यटन व्यवसायी