अमेरिकी मोटर कम्पनी फोर्डको पहिलो कार सन् १९०३ मा आजकै दिन बिक्री

अमेरिकी मोटर कम्पनी फोर्डको पहिलो कार सन् १९०३ मा आजकै दिन बिक्री : Icon Khabar

काठमाडौँ, साउन ७ । सन् १९०३ मा आजकै दिन (जुलाई २३) मा अमेरिकी मोटर कम्पनी फोर्डले पहिलो कार बिक्री गरेको थियो । ‘फोर्ड मोडल ए’ नाम दिइएको कार अमेरिकाको सिकागोस्थित डेन्टिस्ट अर्नेस्ट फेनिङलाई बिक्री गरिएको थियो ।

१९०३ को जुनमा हेनरी फोर्डले अन्य ११ जना लगानीकर्तासँग मिलेर अमेरिकाको मिसिगनमा कम्पनी स्थापना गरेका हुन् । १९०४ को अन्त्यसम्म झन्डै दुई हजार कार उत्पादन गरेको थियो । १२ जना लगानीकर्ताले २८ हजार अमेरिकी डलरमा सुरु गरेको कम्पनीले १९०३ को अक्टोबरसम्म ३७ हजार नाफा कमाइसकेको थियो ।

१९०४ को अन्त्यमा कम्पनीले दोस्रो मोडल ‘फोर्ड मोडल सी’ उत्पादन सुरु गरेको थियो । १९०८ को अक्टोबरदेखि बिक्री सुरु गरिएको ‘मोडल टी’ का कार १९२७ सम्ममा डेढ करोडभन्दा बढी बिक्री भएका थिए । फोर्ड हाल विश्वकै पाँचौं ठूलो कार निर्माण कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 23 July 2023
Website | + posts


ताजा
सामाजिक सञ्जालमा चल्यो नयाँ ‘ट्रेन्ड’: डियर बालेन टेक लिड नाउ अर नेभर
जेन-जीको प्रदर्शनका क्रममा प्रहरीले गोली चलाउँदा अहिलेसम्म १९ जनाको मृत्यु
लोकेश्वर साकोसमा आधारभूत बाँसुरी बाजा प्रशिक्षण शुभारम्भ
ललितपुरमा प्रजिअको आदेश अनुसार सभा, जुलुस, भेला, धर्ना गर्न निषेध


ट्रेन्डिङ
भक्तपुरको गाईजात्रामा झडप भएको भिडिओ सामाजिक सञ्जालबाट बाहिरिएपछि तीन जना पक्राउ
साइकल कनेक्ट तथा मोन्ताना प्लान्ट स्टुडियो बीच सहकार्य सम्झौता
मंगलबार सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घट्यो
भक्तपुरमा आजदेखि ‘अष्ट्रेलिया र न्यूजिल्यान्ड स्टडी अब्रोड एक्स्पो २०२५’ सुरु