रोट्राक्ट क्लब अफ भक्तपुरको नयाँ अध्यक्षमा रेश्मा राई

रोट्राक्ट क्लब अफ भक्तपुरको नयाँ अध्यक्षमा रेश्मा राई : Icon Khabar

भक्तपुर, साउन ७ । रोट्राक्ट क्लब अफ भक्तपुरको नयाँ अध्यक्षमा रेश्मा राई चयन भएकी छिन् । शनिबार होटेल भ्यू भक्तपुरमा भएको १८ औँ पद हस्तान्तरण कार्यक्रममा उनले पदभार ग्रहण गरेकी हुन्।

रोटरी क्लब अफ भक्तपुरकी अध्यक्ष गंगा अवालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अतिथिहरु डिस्ट्रिक्ट रोट्राक्ट प्रतिनिधि रोशन कार्की तथा जोनल रोट्राक्ट प्रतिनिधि संजिब तामाङको उपस्थिति रहेको थियो ।

क्लबका अध्यक्ष बिनित मानन्धरको अध्यक्षतामा भएको कार्यक्रममा जम्मा १०९ जनाको सहभागी रहेको थियो ।
कार्यक्रममा बिनित मानन्धरले क्लबकी नयाँ अध्यक्षमा रेश्मा राईलाई पद हस्तान्तरण गरेका थिए । क्लबमा प्रत्यक कार्य समितिको कार्यकाल १ वर्षको हुने गरेको छ।

Published Date: 23 July 2023
ताजा
डिजिटल युगमा पनि मतदाता परिचय रूजू गराउनुपर्ने झन्झट, ख्वप कलेज मतदान केन्द्रमा मतदाताको गुनासो
निर्वाचनका दिन मौसम सफा रहने, वर्षाको सम्भावना छैन
भोलि हुने निर्वाचनमा दुई प्रकारका मतपत्र प्रयोग हुने
म यही देशको नागरिक हुँ, मेरो उम्मेदवारी खारेज भएको छैन: आशिका तामाङ


ट्रेन्डिङ
पाण्डुबजार हाइटमा अवस्थित वि किड्स स्कुलको स्पोर्टस् कार्निभल २०८२ सम्पन्न
चाँगुनारायण मन्दिर जाने सडकमै मोटरसाइकलसँग २५ रुपैयाँ असुली, यात्रुहरूको गुनासो
नवदम्पतीलाई यौन जीवनबारे केही सुझाव : स्वस्थ सम्बन्धको आधार आपसी समझदारी
बिहिबार सुनको भाउ प्रतितोला ४ हजार ३ सय रुपैयाँले बढ्यो