सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी : वामदेव गौतम

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी : वामदेव गौतम : Icon Khabar

काठमाडौं, साउन ६ । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारी नै दोषि रहेको बताएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो।उनले सुन तस्करीमा जाँच गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिको संलग्नता हुन नसक्ने बताए ।

उनले सुन तस्करी प्रकरणमा मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताएको हो। उनले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताए । उनले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको समेत बताए ।

उनले भने , ‘‘सुन तस्करीमा जाँच गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रा उखान छन्।मन्त्री र प्रधानमन्त्री भन्दा त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन्।यस्ता विषयमा अरुलाई जोड्नु हुँदैन।सुन कुन ठाउँबाट आयो ? हङकङबाट आयो, त्यो जत्तिको सुरक्षित ठाउँ अन्त छैन।त्यहाँ कस्तो जालो रहेछ भन्ने देखिएको छ।यहाँको जालो पनि विभिन्न समयमा देखिएको छ।तस्करीको सुन धेरै ठाउँमा छानबिन हुन्छ।त्यसैले सबै सेटिङ मिलाएर ल्याएको हो ।’’

नेता गौतमले सुन तस्कर हुनका लागि राजनीतिक संलग्नता हुनुनपर्ने र यस प्रकरणमा पनि राजनीतिक संलग्नता नरहेको जिकिर गरे ।

Published Date: 22 July 2023








ताजा
दैनिक भक्तपुर अपडेट: २०८३ साल वैशाख ६ गते आइतबार
विश्वविद्यालयहरूमा नतिजा प्रकाशित भएको १५ दिनभित्र विद्यार्थीले ट्रान्सक्रिप्ट पाउने
बोतल र जारको पानीको मूल्य बढ्यो, ४० प्रतिशतसम्म मूल्यवृद्धि
वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरबाटै एनओसी लिन सकिने








ट्रेन्डिङ
टौमढि परिसरमा पटाका पड्काउने व्यक्तिको खोजीमा भक्तपुर प्रहरी, फोटो–भिडियो उपलब्ध गराउन आग्रह,
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुरमा नवनिर्वाचित सांसदलाई भक्तपुर चेम्बरको सम्मान
भक्तपुरमा ठूलो परिमाणमा लागूऔषध बरामद, चार जना पक्राउ