सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी : वामदेव गौतम

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै प्रमुख दोषी : वामदेव गौतम : Icon Khabar

काठमाडौं, साउन ६ । पूर्व उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमले सुन तस्करीमा कर्मचारी नै दोषि रहेको बताएको छ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो।उनले सुन तस्करीमा जाँच गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिको संलग्नता हुन नसक्ने बताए ।

उनले सुन तस्करी प्रकरणमा मुख्य दोषी कार्यस्थलमा खटिएका कर्मचारी हुने बताएको हो। उनले सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकाले नै विमानस्थलमा पक्राउ नपरेको बताए । उनले राजश्व अनुसन्धान, नेपाल प्रहरी र भन्सारलाई यसबारेमा पहिला नै जानकारी रहेको समेत बताए ।

उनले भने , ‘‘सुन तस्करीमा जाँच गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने जस्ता हाम्रा उखान छन्।मन्त्री र प्रधानमन्त्री भन्दा त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी हुन्छन्।यस्ता विषयमा अरुलाई जोड्नु हुँदैन।सुन कुन ठाउँबाट आयो ? हङकङबाट आयो, त्यो जत्तिको सुरक्षित ठाउँ अन्त छैन।त्यहाँ कस्तो जालो रहेछ भन्ने देखिएको छ।यहाँको जालो पनि विभिन्न समयमा देखिएको छ।तस्करीको सुन धेरै ठाउँमा छानबिन हुन्छ।त्यसैले सबै सेटिङ मिलाएर ल्याएको हो ।’’

नेता गौतमले सुन तस्कर हुनका लागि राजनीतिक संलग्नता हुनुनपर्ने र यस प्रकरणमा पनि राजनीतिक संलग्नता नरहेको जिकिर गरे ।

Published Date: 22 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक