भक्तपुरको काठमाडौँ फन भ्यालीमा अरुण थापा स्मृति साँझ–२०८० भव्यताका साथ सम्पन्न

भक्तपुरको काठमाडौँ फन भ्यालीमा अरुण थापा स्मृति साँझ–२०८० भव्यताका साथ सम्पन्न : Icon Khabar

भक्तपुर, साउन ५ । आज भक्तपुरको काठमाडौँ फन भ्यालीमा अरुण थापा स्मृति साँझ–२०८० सम्पन्न भएको छ।

नेपाली सुगम संगीतका एक नक्षेत्र स्वर्गीय गायक अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा रागरागिनी इन्टरटेन्मेन्ट प्रा लिको आयोजनामा र काठमाडौं फन भ्याली पलाँसेको मुख्य प्रायोजनमा उक्त साँझ सम्पन्न भएको हो।

देशका विभिन्न लोकप्रिय गायक गायिकाले स्व गायक थापाका कर्णप्रिय गीतहरु गाउँदै आज उनलाई श्रद्वान्जली ब्यक्त गरेका थिए। सो समारोहमा लोकप्रिय गायक अजर जंगमले अरुण थापाका सर्वाधिक चर्चित गीत जति माया लाए पनि जति कसम खाए पनि, गायिका कल्पना श्रेष्ठले याे मनकाे के भर हुन्छ, गायक प्रनिल पलिखेलले चाेट के हाे व्यथा के हाे, गायिका सानुमाया धाैभडेल आँखाकाे निद चाेरी लाने, गायक कपिल कसपालले दुई दिनकाे जीवन, गायिका राेजी श्रेष्ठ भुलुँ भुलुँ लाग्याे मलाई सपनीमा बोलको थापाका सर्वाधिक सफल गीतहरु गाएर उनलाई श्रद्वान्जली अर्पण गरेका थिए।

उक्त साँझमा गायिका एञ्जेला श्रेष्ठले मा रोए पनि तिमि हाँसिदेउ, गायक दिनेश न्यौपानेले साँझको जूनसँगै, गायक श्रेय अगस्तिले ऋतुहरुमा तिमी हरियाली वसन्त हौ, गायक सुनिल लोहलाले लोकप्रिय भजन तिमी राम राम भजि बाँच बोलको गीतहरु प्रस्तुत गरेका थिए।

कार्यक्रममा वरिष्ठ रचनाकार सुवाषचन्द्र ढुंगेलले स्व गायक थापाका सांगीतिक जीवनका रमाईला चर्चासँगै उनका जीवनका आरोह अवरोहका विभिन्न पललाई सम्झेका थिए।

कार्यक्रममा संगीतप्रेमी दर्शक श्रोता अनि कलाकारहरूकाे उल्लेख्य उपस्थिति एवं सहभागिता रहेको थियो। सो साँझलाई भादगाउँ टेलिभिजन, भक्तपुर एफएम १०५.४ मेघाहर्जमार्फत प्रत्यक्ष प्रशारण गरिएको थियो ।

कार्यक्रममा अनलाइन मिडिया पार्टनर आइकनखबर डटकम, मिडिया पार्टनर अन्नपुर्ण पोष्ट, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, रेडियो पार्टनर भक्तपुर एफएम १०५.४ मेघाहर्ज, फोटोग्राफी पार्टनर डायनामिक मल्टी मिडिया प्रडक्सन, टेक्निकल सपोर्ट एभरेष्ट इङ्गलिस स्कुल, संगीत संयोजन पार्टनर संगीत ग्राम गुरुकुल र बैंकिङ पार्टनर नविल बैंक रहेको थियो ।

कार्यक्रम समापन पश्चात स्व गायक थापाका विभिन्न गीतहरु गाएर उनलाई श्रद्वान्जली ब्यक्त गर्ने गायक गायिकाहरु लगायत सहयोगी संस्थाहरुलाई आयोजकको तर्फबाट कदर पत्र हस्तानतरण गरिएको थियो।

कार्यक्रमको संचालन विजय हाछेथुले गरेका थिए। नेपाली सुगम संगीतलाई जीवन्त राखी नयाँ पुस्तामा पुस्तान्तरण गर्नु कार्यक्रमको उद्देश्य भएकोले गायक अरुण थापाको २४ औं स्मृति दिवसको अवसरमा अरुण थापा स्मृति साँझ–२०८० आयोजना गरिएको रागरागिनी इन्टरटेन्मेन्ट प्रा लिका अध्यक्ष एवम् कार्यक्रम संयोजक कपिल कसपालले बताए।

कस्तो संस्था हो रागरागीनी इन्टरटेन्मेन्ट प्रा. लि ?

रागरागीनी इन्टरटेन्मेन्ट प्रा. लि एक इभेन्ट म्यानेजमेन्ट कम्पनी हो जसले विभिन्न कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गर्दै आएको छ।
नेपाली गीतसङीतको प्रबर्द्धन गर्दै नेपाली कला सस्कृतिलाई विश्वमाझ चिनाउने अभियान लिएर २०७४ सालमा रागरागीनी इन्टरटेन्मेन्ट प्रा. लिको स्थापना भएको हो ।

रागरागीनीले हालसम्म विभिन्न कार्यक्रमहरु सम्पन्न गरिसकेको छ।
१. वरिष्ठ रचनाकार सुबाश चन्द्र ढुङेलको शब्द तथा सङीतकार सुरेश अधिकारीको सङीत तथा बाल गायक अधिश्री कसपालको गीत “छोरी अन्माउदा” गीतको अडियो भिडियो लोकार्पण कार्यक्रम २०७४।

२. नेपाली पोशाकलाई प्रबर्द्धनार्थ नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघसँगको सहकार्यमा काठमाडौको इन्द्रेणी कम्प्लेक्समा फेशन शो २०१८ को आयोजना

३. कवयत्री मिरा गजुरेलको कविता संग्रह “यादहरु “को प्रकाशन तथा लोकार्पण २०१८

४. चर्चित गायक दिपक बज्राचार्यको नेपाल यात्रा मनमगन नेपाल यात्रा २०१९ को आयोजना

५. मुक्तककार सुशील चालिसेको मुक्तक संग्रह “गुराँसहरु पलासहरु” को प्रकाशन तथा लोकार्पण कार्यक्रम २०१९ को आयोजना

६. भजन “जय शिब शंकर ” तथा ब्रम्हा बिष्णु महेश्वर “को भिडियो निर्माण तथा आफ्नै युट्युब च्यानलमा रिलिज २०१९
७.Quiks little champ 2020 को आयोजना

८. गायक कपिल कसपालको जीवनी समेटिएको डकुमेन्ट्री भिडियो लोकार्पण २०२०

९. भक्तपुर मोमो पिज्जा घरसँगको सहकार्यमा तिज बिशेष तथा सम्मान कार्यक्रम २०२१

१०. भक्तपुरलाई चिनाउने तथा प्रबर्द्धन गर्ने भक्तपुर बिशेष गीतको निर्माण तथा वरिष्ठ स्वर्गीय गायक प्रेम ध्वज प्रधानज्युको प्रमुख आतिथ्यमा लोकार्पण कार्यक्रम २०२१

११. “मौसम बेइमानी “गीतको अडियो भिडियो निर्माण तथा लोकार्पण कार्यक्रम २०२२ सम्पन्न

१२. साथै रागरागीनी इन्टरटेन्मेन्टले विभिन्न सामाजिक कार्यमा पनि सक्रिय रहदै आएको छ सो अन्तर्गत खुल्ला रक्तदान कार्यक्रम २०२१ को आयोजना।

१३. साउन ५ गते भक्तपुर पलासें स्थित काठमाडौं फन भ्यालिमा “अरुण थापा स्मृति साझ २०८० को आयोजना र साथै आगामी दिनमा पनि यस्तै कार्यक्रमहरुको आयोजना गर्ने कम्पनीले आइकन खबरलाई जानकारी गराएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts