नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने : Icon Khabar

काठमाडौं, साउन ५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताएको छ । शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड बितरण कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने , ‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्ट उत्पादन गरोस् सरकारले वितरण गर्नेछ । जवाफदेहिता र पारदर्शिता लागि यो संस्थाको भूमिका महत्वपूर्ण छ, सरकारलगायत हरेक संघसंस्थामा जवाफदेहिता र पारदर्शिता अनिवार्य आवश्यकता हो ।’

आगामी दिनमा चार्टर्ड एकाउन्टेन्टको लोकप्रियता अझ बढ्दै जाने मन्त्री डा. महतको भनाइ थियो । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुहुदै मन्त्री डा. महतले भने , ‘नयाँ कार्यसमितिले संस्थालाई अझ एक स्टेप लैजानु हुनेछ भन्ने मलाई विश्वास छ । पुरस्कृत विभिन्न संघसंस्था पनि हार्दिक बधाई दिन चाहन्छु ।

कार्यक्रममा मन्त्री डा. महतले भने , ‘लेखा राख्ने विषय जवाफदेही, कानुन र पारदर्शितासँग जोडिएको विषय हो । यी सबै कुरा लोकतन्त्रसँग जोडिएको विषय हो । जुन देशमा लोकतन्त्र हुन्छ, त्यहाँ पारदर्शिता र जवाफदेही जरुरी हुन्छ । पारदर्शिता र जवाफदेहिता हरेक संस्थामा सुनिश्चिता हुनुपर्छ । यसको सुनिश्चिता गर्ने काम चार्टर्ड एकाउन्टेन्टको हो । चार्टर्ड एकाउन्टेन्टले हरेक जिम्मेवारी पूरा गरिरहनु भएको छ ।’

वित्तीय क्षेत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण योगदान पुर्याइरहेको मन्त्री डा. महतले बताए । चार्टर्ड एकाउन्टेन्ट बन्न धेरै कठिन छ, यद्यपि नेपालमा ठूलो संख्यामा युवाहरु लागिरहेको भन्नुहुँदै अहिले २२ सय रजिष्टर चार्टर्ड एकाउन्टेन्ट र ७ हजार अडिटर रहेको जानकारी दिए । यसको अर्थ हो, कठिन भए पनि चार्टर्ड एकाउन्टेन्टप्रति आर्कषण बढिरहेकोमा मन्त्री डा. महतले खुशी व्यक्त गरे ।

चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने हबको रुपमा नेपाललाई विकास गर्न सकिने मन्त्री डा. महतले औल्याए । उत्पादनको क्षेत्र निजी क्षेत्रले गर्यो भने वितरण सरकारले गर्ने जानकारी दिँदै मन्त्री डा. महतले भने , ‘निजी क्षेत्रलाई अब संस्थागत गर्न जरुरी छ । व्यक्ति वा परिवारले मात्र चलाउने होइन, यसलाई कर्पोरेट कल्चरमा लैजानुपर्छ ।’ कर्पोरेट कल्चर विकास भयो भने व्यापार व्यवसाय गर्न अनिच्छुकले लगानी गर्न सक्छन् । कर्पोरेट कल्चरमा जवाफदेही र पारदर्शिता हुने मन्त्री डा. महतको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 21 July 2023
Website | + posts




ताजा
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)
भक्तपुरमै फरक–फरक मितिमा म्हःपूजा र किजा पूजा मनाइने


ट्रेन्डिङ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ