नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थासँग सरकारले सहकार्य गर्ने : Icon Khabar

काठमाडौं, साउन ५ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) सँग सरकारले सहकार्य गर्ने बताएको छ । शुक्रबार नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको नवनिर्वाचित कार्यसमितिको पदभार ग्रहण तथा उत्कृष्ट वित्तीय प्रतिवेदन अवार्ड बितरण कार्यक्रममा बोल्दै मन्त्री डा. महतले भने , ‘उत्पादनलाई एक तहको सुरक्षा दिने नीति सरकारले लिएको छ । चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले चार्टर्ड एकाउन्टेन्ट उत्पादन गरोस् सरकारले वितरण गर्नेछ । जवाफदेहिता र पारदर्शिता लागि यो संस्थाको भूमिका महत्वपूर्ण छ, सरकारलगायत हरेक संघसंस्थामा जवाफदेहिता र पारदर्शिता अनिवार्य आवश्यकता हो ।’

आगामी दिनमा चार्टर्ड एकाउन्टेन्टको लोकप्रियता अझ बढ्दै जाने मन्त्री डा. महतको भनाइ थियो । नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिनुहुदै मन्त्री डा. महतले भने , ‘नयाँ कार्यसमितिले संस्थालाई अझ एक स्टेप लैजानु हुनेछ भन्ने मलाई विश्वास छ । पुरस्कृत विभिन्न संघसंस्था पनि हार्दिक बधाई दिन चाहन्छु ।

कार्यक्रममा मन्त्री डा. महतले भने , ‘लेखा राख्ने विषय जवाफदेही, कानुन र पारदर्शितासँग जोडिएको विषय हो । यी सबै कुरा लोकतन्त्रसँग जोडिएको विषय हो । जुन देशमा लोकतन्त्र हुन्छ, त्यहाँ पारदर्शिता र जवाफदेही जरुरी हुन्छ । पारदर्शिता र जवाफदेहिता हरेक संस्थामा सुनिश्चिता हुनुपर्छ । यसको सुनिश्चिता गर्ने काम चार्टर्ड एकाउन्टेन्टको हो । चार्टर्ड एकाउन्टेन्टले हरेक जिम्मेवारी पूरा गरिरहनु भएको छ ।’

वित्तीय क्षेत्रमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्सले महत्वपूर्ण योगदान पुर्याइरहेको मन्त्री डा. महतले बताए । चार्टर्ड एकाउन्टेन्ट बन्न धेरै कठिन छ, यद्यपि नेपालमा ठूलो संख्यामा युवाहरु लागिरहेको भन्नुहुँदै अहिले २२ सय रजिष्टर चार्टर्ड एकाउन्टेन्ट र ७ हजार अडिटर रहेको जानकारी दिए । यसको अर्थ हो, कठिन भए पनि चार्टर्ड एकाउन्टेन्टप्रति आर्कषण बढिरहेकोमा मन्त्री डा. महतले खुशी व्यक्त गरे ।

चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने हबको रुपमा नेपाललाई विकास गर्न सकिने मन्त्री डा. महतले औल्याए । उत्पादनको क्षेत्र निजी क्षेत्रले गर्यो भने वितरण सरकारले गर्ने जानकारी दिँदै मन्त्री डा. महतले भने , ‘निजी क्षेत्रलाई अब संस्थागत गर्न जरुरी छ । व्यक्ति वा परिवारले मात्र चलाउने होइन, यसलाई कर्पोरेट कल्चरमा लैजानुपर्छ ।’ कर्पोरेट कल्चर विकास भयो भने व्यापार व्यवसाय गर्न अनिच्छुकले लगानी गर्न सक्छन् । कर्पोरेट कल्चरमा जवाफदेही र पारदर्शिता हुने मन्त्री डा. महतको भनाइ थियो ।

Published Date: 21 July 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता