धितोपत्र बोर्डद्वारा थप ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

धितोपत्र बोर्डद्वारा थप ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान : Icon Khabar

काठमाडौं, साउन ५ । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ ।

बोर्डले साउन ४ गते थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जानकारी गराएको छ ।

लाइसेन्स पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रालि, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रालि, एसपीएसए सेक्युरिटिज, एनएमबि. सेक्यूरिटिज, सानिमा सेक्यूरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।यसअघि बोर्डले पहिलो र दोश्रो चरण गरी कूल १८ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो ।

यससँगै ब्रोकर लाइसेन्स प्राप्त गर्नेको संख्या २९ पुगेको छ । यसअघि पहिलो चरणमा लाइसेन्स पाउँने ७ वटा ब्रोकर कम्पनीहरुले कारोबार सुरु गरिसकेका छन् ।

Published Date: 21 July 2023






ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २४ गते मंगलबार
मंगलबार नेप्से परिसूचक २.६१ अंकले घट्यो
पेट्रोलियम पदार्थको पैठारीमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मन्त्रिपरिषद्को आकस्मिक बैठक अहिले दिउँसो १ बजे बस्दै




ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता