धितोपत्र बोर्डद्वारा थप ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान

धितोपत्र बोर्डद्वारा थप ११ नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान : Icon Khabar

काठमाडौं, साउन ५ । नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ ।

बोर्डले साउन ४ गते थप ११ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स विरतरण गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरुलाई लाइसेन्स दिइएको बोर्डले जानकारी गराएको छ ।

लाइसेन्स पाउनेमा मिल्की वे सेयर ब्रोकर कम्पनी, क्यापिटल हव प्रालि, आकाश भैरव सेक्युरिटिज, पाही इन्भेष्टमेन्ट प्रालि, एसपीएसए सेक्युरिटिज, एनएमबि. सेक्यूरिटिज, सानिमा सेक्यूरिटिज, स्टक्स्कार्टस् सेक्युरिटिज, इन्दिरा सेक्युरिटिज, ब्लु चिप सेक्युरिटिज र गरिमा सेक्युरिटिज रहेका छन् ।यसअघि बोर्डले पहिलो र दोश्रो चरण गरी कूल १८ वटा कम्पनीलाई लाइसेन्स प्रदान गरेको थियो ।

यससँगै ब्रोकर लाइसेन्स प्राप्त गर्नेको संख्या २९ पुगेको छ । यसअघि पहिलो चरणमा लाइसेन्स पाउँने ७ वटा ब्रोकर कम्पनीहरुले कारोबार सुरु गरिसकेका छन् ।

Published Date: 21 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक