“अरुण थापा स्मृति साँझ २०८०” आज साउन ५ गते भक्तपुरको काठमाडौँ फन भ्यालीमा हुने

“अरुण थापा स्मृति साँझ २०८०” आज साउन ५ गते भक्तपुरको काठमाडौँ फन भ्यालीमा हुने : Icon Khabar

भक्तपुर, साउन ५ । रागरागीनी इन्टरटेन्मेन्ट प्रा. लिको आयोजनामा “अरुण थापा स्मृति साँझ २०८०” आज संचालन हुन गईरहेको छ ।

काठमाडौँ फन् भ्यालीको मुख्य प्रायोजनमा नेपाली सुगम संगीतका लोकप्रिय गायक स्वर्गीय अरुण थापाको २४औँ स्मृति दिवसको अवसरमा आज साउन ५ गते शुक्रबारका दिन “अरुण थापा स्मृति साँझ २०८०” कार्यक्रम हुन लागेको हो ।

नेपाली चलचित्र जगतका सुपरस्टार तथा नेपाली चलचित्र विकास बोर्डका वर्तमान अध्यक्ष भुवन केसीको प्रमुख आतिथ्यता हुने सो समारोहमा वरिष्ठ गायक दीप श्रेष्ठ, वरिष्ठ गायक दीपक खरेल, अभिनेत्री करिश्मा मानन्धर लगायत देशका लोकप्रिय संगीतकर्मी, संगीतका हेमायतीहरुको उपस्थिति हुने छ।

नेपाली सुगम संगीतका एक अजर अमर गायक अरुण थापाद्वारा गाइएका जनमानसमा लोकप्रिय थुप्रै गीतहरु छन्। ऋतुहरुमा तिमी हरियाली बसन्त हौ, चोट के हो ब्यथा के हो, भुलु भुलु लाग्यो मलाई सपनीमा, लाग्न थाल्यो जीवनमा मेरो कथा यस्तो, करोडौं मुटुहरुको एउटै ढुकढुकी नेपाल, जतिमाया लाए पनि जस्ता थुप्रै गीतहरु जनमानसमा अझै पनि लोकप्रिय छन्।

आज साउन ५ गते शुक्रबार दिउँसो ३ बजे सुरू हुने उक्त कार्यक्रम भादगाउँ टेलिभिजन, भक्तपुर एफ एम १०५.४ मेगाहर्ज, रागरागीनी इन्टरटेन्मेन्टको आधिकारिक युट्युब च्यानलबाट प्रत्यक्ष प्रशारण गरिनेछ । कार्यक्रममा चर्चित गायक गायिकाहरु अजर जंगम, निशा देशार, सानुमैंया ताम्राकार, एन्जिला सिंह, प्रनिल पलिखेल, रोजी श्रेष्ठ, दिनेश नेउपाने, सुनिल लोहला, कपिल कसपाल, श्रे अगस्ती, कल्पना श्रेष्ठ लगायतले अरुण थापाका गीतहरु गाउँदै उनलाई श्रदान्जली दिईनेछन्।

कार्यक्रमका लागि अनलाइन मिडिया पार्टनर आइकन खबर डटकम, टेलिभिजन पार्टनर भादगाउँ टेलिभिजन, रेडियो पार्टनर भक्तपुर एफएम, फोटोग्राफी पार्टनर डाइनामिक मल्टिमिडिया प्रोडक्शन र प्राविधिक सहयोग एभरेष्ट इङ्ग्लिश स्कूलको रहेको छ। साथै मिडिया पार्टनरमा अन्नपूर्ण पोष्ट दैनिक, बैङ्किङ्ग पार्टनर नबिल बैंक र संगीत संयोजन संगीत ग्राम गूरूकुलले गरिने भएको छ।

उक्त कार्यक्रममा सम्पूर्ण संगीतप्रेमी महानुभावहरुको लागि प्रवेश निशुल्क हुने रागरागीनी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक कपिल कसपालले जानकारी दिए।

Published Date: 21 July 2023
ताजा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
काम गर्न नसके राजीनामा दिनू: प्रधानमन्त्री बालेन शाह
अविरल बर्षाका कारण काभ्रेको रोशी खोलामा आएको बाढीमा परि फसे ७ जना व्यक्तिहरू
“नेटिभ पर्यटकसँगको यात्रा” : भक्तपुरलाई नजिकबाट चिनाउने विशेष हेरिटेज वाक भोलि हुँदै


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
कमलविनायकको सरस्वती विद्यागृहमा मध्यान्ह १२ बजेसम्म २३२९ मत खस्यो
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता