फिफा महिला विश्वकप आजबाट

फिफा महिला विश्वकप आजबाट : Icon Khabar

काठमाडौं, साउन ४ । फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुन लागेको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ ।

उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे बीच न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ ।

न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।

यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

आगामी २० अगस्टसम्म आयोजना हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

Published Date: 20 July 2023


ताजा
दैनिक भक्तपुर अपडेट: २०८२ साल चैत २० गते शुक्रबार
नक्कली प्रहरी बनेर अपहरण गर्ने दीपक खड्का भक्तपुरबाट पक्राउ
एसईईको प्रश्नपत्र आउट गरी चिट चोराएको आरोपमा रौतहटबाट तीन जना पक्राउ
ऐतिहासिक बिस्का: जात्राको तयारी तीव्र, भैरव र भद्रकालीको रथ निर्माण चैत २६ गतेसम्म सम्पन्न हुने


ट्रेन्डिङ
भक्तपुर नगरको मुख्य बजार क्षेत्रका पसलहरूमा नगरपालिकाको नमुना अनुसार छाना राख्न निर्देशन
करोडौं रकम फिर्ता नभएपछि अनन्त बहुउद्देश्यीय सहकारी विवादमा
भक्तपुरकै नेटिभ पर्यटकहरुले भक्तपुरलाई नजिकबाट निल्यादै सम्पन्न भयो विशेष हेरिटेज वाक
भक्तपुर टौमढि क्षेत्रमा बिहेको जन्तीले पटाका पडकाउंदा स्थानीयवासी हैरान, सम्पदामा क्षति पुग्ने चिन्ता