फिफा महिला विश्वकप आजबाट

फिफा महिला विश्वकप आजबाट : Icon Khabar

काठमाडौं, साउन ४ । फिफा महिला विश्वकप फुटबल २०२३ प्रतियोगिता आज बिहीबारबाट सुरु हुँदैछ । अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा आयोजना हुन लागेको हो ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले महिला विश्वकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । महिला विश्वकपको उद्घाटन न्युजिल्याण्डमा हुनेछ ।

उद्घाटन खेलमा समूह ए को आयोजक न्युजिल्याण्ड र नर्वे बीच न्युजिल्याण्डको इडेन पार्कमा हुनेछ ।

न्युजिल्याण्ड र नर्वेबीचको खेल नेपाली समय अनुसार साँझ ५ बजे सुरु हुनेछ ।

यस्तै पहिलो दिन नै समूह बी मा रहेको अर्को आयोजक अष्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्ड भिड्ने छन् । स्टेडियम अष्ट्रेलियामा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति ८ बजे सुरु हुनेछ ।

आगामी २० अगस्टसम्म आयोजना हुने विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ ।

Published Date: 20 July 2023
Website | + posts




















ताजा
भक्तपुरमा कार्तिक २२ गते लक्ष्मी पूजा, २३ गते म्हः पूजा र २४ गते किजा पूजा मनाइने
राति ढिलो खाना खाने बानीले कलेजोमा असर, रोगको जोखिम ३० प्रतिशतसम्म बढी हुन सक्ने
भक्तपुर नगरबाट देखिएको लाङटाङ लिरुङ, दोर्जे लाक्पा र जुगल हिमालको मनमोहक दृश्य
सरकारी निर्देशन र विधान उल्लंघनको आरोपमा एनप्याब्सन निलम्बित


ट्रेन्डिङ
वी क्यान एजुकेशनल नेपालद्वारा ६ शिक्षकलाई दीर्घ सेवा सम्मान
मन्टेसरी एजुकेशन स्कूलमा अभिभावक भेला : विद्यार्थीको समग्र विकासमा विद्यालय–अभिभावक सहकार्यमा जोड
पत्रकार सम्मेलनमार्फत पेसा कप २०८३ को घोषणा, असोज ३१ र कात्तिक १ गते प्रतियोगिता हुने
गायक सुरज कपालीको नयाँ गीत ‘राम्री बनेर’ युट्युबमा सार्वजनिक