बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, साउन ३ । सुनको भाउ बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि गत जेठ १९ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसआधारमा सुनको मूल्य पुनः पुरानो उच्चतम रेकर्ड नजिकै पुगेको देखिन्छ । विश्वभरमै मूल्य वृद्धि हुँदा यहाँ पनि भाउ बढेको व्यवसायीहरु बताउँछन् । बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय ९० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको भाउ १४ सय ८० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९७७.२१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२५.०५ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ ।

Published Date: 19 July 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न