बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो

बुधबार सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले बढ्यो : Icon Khabar

काठमाडौं, साउन ३ । सुनको भाउ बढ्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ६ सय रुपैयाँले बढेर १ लाख १३ हजार १०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १२ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । यसअघि गत जेठ १९ गते सुनको मूल्य अहिलेसम्मकै उच्च १ लाख १३ हजार ३०० रुपैयाँ कायम भएको थियो ।

यसआधारमा सुनको मूल्य पुनः पुरानो उच्चतम रेकर्ड नजिकै पुगेको देखिन्छ । विश्वभरमै मूल्य वृद्धि हुँदा यहाँ पनि भाउ बढेको व्यवसायीहरु बताउँछन् । बुधबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले बढेर १४ सय ९० रुपैयाँ कायम भएको छ ।

मंगलबार चाँदीको भाउ १४ सय ८० रुपैयाँ कायम रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९७७.२१ डलरमा कारोबार भइरहेको छ भने चाँदी प्रतिऔंस २२५.०५ डलरमा कारोबार भइरहेको छ । मुख्यतयः अन्तर्राष्टिय बजारमा तय हुने भाउकै आधारमा नेपाली बजारमा पनि मूल्य निर्धारण हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 July 2023
Website | + posts










ताजा
खानेपानीमन्त्री यादवद्धारा राति छड्के अनुगमन तथा निरीक्षण
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु
अब अमेरिका भ्रमण गर्न चाहने व्यक्तिले २५० अमेरिकी डलर भिसा इन्टेग्रिटी शुल्क तिर्नुपर्ने
ह्वावे पुनः चीनको स्मार्टफोन बजारमा शीर्ष स्थानमा










ट्रेन्डिङ
ख्वप माध्यमिक विद्यालयलमा कक्षा ११ को प्रवेश परीक्षा भोलि
रोपाई जात्रा अझ रमाइलो: आरम्भ वाद्यशालाका युवा वाद्यवादकद्वारा नेवा बाँसुरी धूनको प्रस्तुति
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा गिरावट
सूर्यविनायकमा मयुर यातायातको बसले ठक्कर दिँदा ७१ वर्षीय मंगलाछेँकी श्रेष्ठको मृत्यु