एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान : Icon Khabar

काठमाडौं, साउन ३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गए राति कम्बोडिया प्रस्थान गरेका छन् ।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी आगामी साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मीलगायत ७ जनाको टोली कम्बोडिया प्रस्थान गरेका छन् । यसैबीच, अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले जनाएको छ ।

Published Date: 19 July 2023




ताजा
भक्तपुरमा ‘हेरिटेज मार्केट–कल्चरल किचेन’ मेला सुरु
सिथि नखःको अवसरमा लोकेश्वर साकोसद्वारा कालदह सरसफाइ
स्काउट दिवस २०८३ को अवसरमा मनोरम स्काउट ट्रुपद्वारा सचेतनामूलक र्‍याली सम्पन्न
प्रकृतिसँग रमाउँदै सिकाइमा सहभागी बने बालबालिका : क्युरिकोट मड फेस्टिभल २०८३ सम्पन्न


ट्रेन्डिङ
भक्तपुरको व्यासीमा गोली र लागूऔषधसहित सुमित त्यात पक्राउ, थप अनुसन्धान जारी
भक्तपुर युवा टीमको ऐतिहासिक पहल : भक्तपुरमा फुटसलले लेख्यो सफलताको नयाँ गाथा
जेसिज सेकेन्डरी स्कुलमा एसईई २०८२ ब्याचलाई बिदाइ
भक्तपुर नगरपालिकामा युवा तथा विद्यार्थीहरूसँग राय–सुझाव संकलन कार्यक्रम सम्पन्न