एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान

एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान : Icon Khabar

काठमाडौं, साउन ३ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गए राति कम्बोडिया प्रस्थान गरेका छन् ।

अध्यक्ष ओलीको सचिवालयले दिएको जानकारी अनुसार आगामी साउन ७ गते कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षणका लागि अध्यक्ष ओली त्यसतर्फ प्रस्थान गरेका हुन् । उनी आगामी साउन ८ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

अध्यक्ष ओलीको साथमा पत्नी राधिका शाक्य, पार्टीको उपमहासचिव विष्णु रिमाल, स्वकीय सचिव राजेश बज्राचार्य, सुरक्षाकर्मीलगायत ७ जनाको टोली कम्बोडिया प्रस्थान गरेका छन् । यसैबीच, अध्यक्ष ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङलाई दिएको उनको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Published Date: 19 July 2023
Website | + posts




ताजा
नगरकोटका गैरी खेत सुनौलो रङमा, पाकेका धान र फुलिएका तोरीले सजिएको गाउँ (फोटो फिचर )
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
भक्तपुरको सुवर्णेश्वरबाट देखिएको तिहारको उज्यालोमा झकिझकायो काठमाडौं उपत्यका
भक्तपुरमा आज निकालिएको भिन्तुना र्‍यालीमा जे देखियो (तस्बिरहरु)


ट्रेन्डिङ
भक्तपुरको बुल्चाबाट मंगलबार राति जुवा खेल्ने २७ जना व्यक्ति पक्राउ
लाङटाङ ट्रेकमा फसेका भक्तपुरका १२ जना युवाहरुलाई स्याफ्रुबेशी ल्याइयो, ४ जना अझै बेपत्ता
भक्तपुरमा तिहार: शैक्षिक पात्रोमा उल्लेख मिति किन परिवर्तन गरियो? प्रारम्भमै स्पष्ट निर्णय किन गर्न सकिएन?
यस वर्षको तिहार: भक्तपुरमा कार्तिक ३ गते लक्ष्मी पूजा, ४ गते म्हा पूजा र ५ गते किजा पूजा मनाइने